विराटनगर । कोशी प्रदेशका तीन मुख्य जिल्लाहरू मोरङ, सुनसरी र झापामा बर्ड फ्लुको संक्रमण फैलिएपछि ११ वटा फार्मका कुखुरा नष्ट गरिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरका अनुसार हालसम्म मोरङका ५, सुनसरीका ५ र झापाको एउटा कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका क्षेत्रहरूमा सरकारी टोलीले (पन्छी नष्ट गर्ने) प्रक्रिया अघि बढाएको छ । जसअन्तर्गत फार्मका कुखुरामा नभएर अण्डा, दाना र फर्ममा ओछ्याइएको सामग्री समेत नष्ट गरिएको छ ।