विराटनगर । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रूपैँया तोकेको जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य बढेकाे छ । चाँदी तोलामा ४ सय १५ रुपैयाँले बढेर ४ हजार ९ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।