नेप्सेमा उत्साहजनक उछाल, ८ महिनाकै उच्च नजिक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० चैत, २०८२
३ महिनाअघि

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८३ अंकले बढ्दै करिब २९६० अंकको नजिक पुगेको छ, जुन पछिल्ला करिब ८ महिनायताकै उच्च स्तर हो।

परिसूचकमा हरियाली देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। सोमबार १५ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँमा सीमित रह्यो।

Advertisement

आजको कारोबारमा १३६ कम्पनीका सेयर मूल्य बढेका छन् भने ११७ कम्पनीका घटेका छन्। ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत प्रदर्शनतर्फ व्यापार समूह सबैभन्दा आकर्षक देखिएको छ। यस समूहअन्तर्गत विशाल बजार कम्पनी को सेयर मूल्य झन्डै १० प्रतिशत (९.९१%) ले बढेसँगै समग्र व्यापार समूह ९.१२ प्रतिशतले उकालो लागेको हो।

त्यसैगरी बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, लगानी तथा उत्पादन–प्रशोधन समूहमा पनि सकारात्मक वृद्धि देखिएको छ।

यद्यपि होटल तथा पर्यटन क्षेत्र, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा गिरावट देखिँदा बजारले मिश्रित संकेत दिएको छ।

आज ६ कम्पनीको सेयर मूल्यमा सर्किट लाग्ने स्तरको वृद्धि देखिएको छ। ती कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।

अर्कोतर्फ फर्स्ट माइक्रोफाइनान्स को सेयर मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले घटेको छ। त्यसपछि मनकामना इन्जिनियरिङ हाइड्रोपावर र मेरो माइक्रोफाइनान्स मा पनि गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल, ङादी ग्रुप पावर र शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन्।

 

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भोक्राहामा विद्यार्थीलाई लक्षित गर्दै लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम
बिहिबार ११ असार, २०८३
रंगेली-५ का वडा अध्यक्ष र वडा सदस्य पक्राउ, के हो कारण ?
बिहिबार ११ असार, २०८३
वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
बिहिबार ११ असार, २०८३
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०