नेप्सेमा उत्साहजनक उछाल, ८ महिनाकै उच्च नजिक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० चैत, २०८२
७ महिनाअघि

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८३ अंकले बढ्दै करिब २९६० अंकको नजिक पुगेको छ, जुन पछिल्ला करिब ८ महिनायताकै उच्च स्तर हो।

परिसूचकमा हरियाली देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। सोमबार १५ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँमा सीमित रह्यो।

Advertisement

आजको कारोबारमा १३६ कम्पनीका सेयर मूल्य बढेका छन् भने ११७ कम्पनीका घटेका छन्। ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत प्रदर्शनतर्फ व्यापार समूह सबैभन्दा आकर्षक देखिएको छ। यस समूहअन्तर्गत विशाल बजार कम्पनी को सेयर मूल्य झन्डै १० प्रतिशत (९.९१%) ले बढेसँगै समग्र व्यापार समूह ९.१२ प्रतिशतले उकालो लागेको हो।

त्यसैगरी बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, लगानी तथा उत्पादन–प्रशोधन समूहमा पनि सकारात्मक वृद्धि देखिएको छ।

यद्यपि होटल तथा पर्यटन क्षेत्र, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहमा गिरावट देखिँदा बजारले मिश्रित संकेत दिएको छ।

आज ६ कम्पनीको सेयर मूल्यमा सर्किट लाग्ने स्तरको वृद्धि देखिएको छ। ती कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।

अर्कोतर्फ फर्स्ट माइक्रोफाइनान्स को सेयर मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले घटेको छ। त्यसपछि मनकामना इन्जिनियरिङ हाइड्रोपावर र मेरो माइक्रोफाइनान्स मा पनि गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल, ङादी ग्रुप पावर र शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन्।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०