विराटनगर । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रूपैँया तोकेको जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य बढ्को छ । चाँदी तोलामा ८० रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।