विराटनगर । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्दै सांसद बन्न सफल महावीर पुनले भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जाने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने र रास्वपा पनि कालान्तरमा हराएर जाने टिप्पणी गरेका छन् ।
रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरुलाई नियम पुर्याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनुपर्ने तर्क उनको छ । साथै उनले भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।