पोखरा । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ । खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्धबाट प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको हो ।
पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्ध गरिरहेका छन् । इजरायल, अमेरिका र इरान बीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरू रद्ध भइरहेका छन् । जसकारण मुख्य सिजनमै पोखरामा पर्यटकहरू घटेका हुन् । तथापि, भारतीय र आन्तरिक पर्यटकको आगमन भने विगतको जस्तै राम्रो छ ।