विराटनगर । ललितपुरमा इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
ललितपुर महानरपालिकाको हरिसिद्धीमा रहेको होसना इट्टाभट्टाको पर्खाल भत्किएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको जनाएको छ ।
रुकुम घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि मेसडसिटी अस्पताल पठाइएको छ ।