विराटनगर । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय तोकेको जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ७० रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।