विराटनगर । अमेरिकाले मध्यपूर्वका देशमा रहेका आफ्ना नागरिकलाई बाहिर निस्कन अपिल गरेको छ ।
मध्यपूर्वका आफ्ना सहयोगी देशमाथि इरानले आक्रमण तीब्र बनाएपछि अमेरिकाले उक्त क्षेत्रका १४ देशमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निस्कन अपिल गरेको हो ।
बगदादस्थित शनिबार अमेरिकी दूतावासमाथि मिसाइल प्रहार भएपछि अमेरिकाले आफ्ना नागरिकलाई इराक छाड्न भनेको थियो । तत्काल इराक छाड्न सूचना जारी गरेको अमेरिकाले मध्यपूर्वका अन्य १४ देशमा रहेका नागरिकलाई बाहिरिन भनेको हो ।
इरान समर्थित इस्लामिक आतंकवादी मिलिसियाले अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने भन्दै सूचना जारी गरेको हो ।