इरानसँग अहिले अमेरिका सम्झौता गर्न चाहँदैन: राष्ट्रपति ट्रम्प

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३० फाल्गुण, २०८२
४ महिनाअघि

काठमाडौं — डोनाल्ड ट्रम्पले इरान सँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै इरान सम्झौता गर्न चाहिरहेको भए पनि आफूलाई अहिले त्यस्तो सम्झौता स्वीकार्य नभएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रूथ सोसियलमा लेख्दै अमेरिकी सेनाले इरानविरुद्ध गरेको कारबाहीलाई ‘फेक न्युज मिडिया’ले सही तरिकाले नदेखाएको आरोप लगाए।

Advertisement

उनले पोस्टमा लेखेका छन्, “फेक न्युज मिडियाले अमेरिकी सेनाले इरानविरुद्ध कति उत्कृष्ट प्रदर्शन गरेको छ भन्ने कुरा देखाउन चाहँदैन।”

ट्रम्पका अनुसार इरान अहिले पूर्ण रूपमा पराजित भइसकेको छ र अमेरिकासँग सम्झौता गर्न चाहिरहेको छ। तर हालको अवस्थामा आफूलाई त्यस्तो सम्झौता स्वीकार्य नभएको उनले स्पष्ट पारे।

उनको यो टिप्पणी अमेरिका र इरानबीच जारी तनावका बीच आएको हो। यसअघि पनि उनले अमेरिकी हमलामा इरानका धेरै सैन्य संरचनामा ठूलो क्षति पुगेको दाबी गरेका थिए।

हाल संयुक्त राज्य अमेरिका र इरान बीचको पछिल्लो घटनाक्रमबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०