बालेन-ओली : राजनीतिमा विपरीत ध्रुव, पितृशोकमा एउटै कित्ता

माधव काफ्ले
आईतबार १ चैत, २०८२
२ महिनाअघि

राजनीतिको मैदानमा केपी शर्मा ओली र बालेन्द्र साह बालेन विपरीत ध्रुवमा उभिन्छन् । जेल-नेल भोगेको अनुभवले निखारिएका छन्, ७४ वर्षीय ओली । अर्कोतिर ३६ वर्षीय बालेनसँग युवा सपनाको आँट छ । ओली वामपन्थी विचारको बाटोमा हिँडेका छन्, बालेनले स्वतन्त्र राजनीतिको झन्डा बोकेका छन् ।

भिन्न विचार, भिन्न दल, भिन्न बाटो छ, उनीहरूको । तर, बुबासँगको वियोगले भने बालेन र ओलीलाई एउटै ठाउँमा ल्याएको छ । शोकको कुनै दलीय रंग हुँदैन, आँसुको कुनै वैचारिक सीमा हुँदैन भन्ने कुरा प्रमाणित भएको छ ।

शुक्रबार नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भयो। भक्तपुरको कोरियन अस्पतालमा अन्तिम सास फेरेका उनलाई पशुपति आर्यघाटमा अन्तिम विदाइ दिइयो ।

नेपाली राजनीतिमा बलिया नेता मानिने ओलीले छोराको धर्म निभाउँदै कपाल खौराए, एउटा दुःखी छोरो बनेर । भर्खरै संसदीय निर्वाचनमा पीडादायी हार खेपेका ओलीले जेनजी विद्रोहका बेला घर गुमाएका थिए । आन्दोलनपछि पनि सत्तोसराप गर्नेहरूले उनलाई ज्युँदै श्रद्धाञ्जली अर्पण गरिरहे ।

त्यसबीचमा चुनाव आयो, जसमा उनले दर्दनाक हार सहन गर्नुपर्‍यो । आफ्नो विरासतमा चुनावी हार भएको नतिजा आएको केही दिनमै बुबा अस्ताएपछि स्तब्ध थिए, ओली ।

तर, आँशुसहित शोकमा रहेला ओलीलाई सान्त्वना दिँदै उनै बालेन अगाडि सरे । कुनैबेला ओलीलाई अपुतो भन्दै सामाजिक सञ्जालमा लेख्ने बालेनले पितृशोकमा रहेका उनको पक्षमा शब्द खर्चिए ।

हुन त ती शब्द केवल औपचारिकता थिएनन्, त्यसभित्र आफ्नै पीडाको प्रतिध्वनि थियो । “केही समयअघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ — पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।”

यी शब्दहरू पढ्दा थाहा हुन्छ, बालेन केवल ओलीलाई सहानुभूति दिइरहेका थिएनन्, आफ्नै भित्री चोटलाई पनि स्पर्श गरिरहेका थिए ।

उनले संस्कृतको एउटा पुरानो श्लोक उद्धृत गरे —
नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरू:।
नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥

पिता रक्षक हुन्, गुरु हुन्, देवता हुन् — र जब त्यो छहारी हट्छ, संसार अचानक खुला र कठोर लाग्न थाल्छ । राजनीतिमा फरक स्थितिमा रहेपनि, शोकको यस घडीमा दुवै एउटै कित्तामा छन् । दुवैले बुझेका थिए, पिताको ठाउँ कसैले पूरा गर्न सक्दैन ।

साँच्चै, पिता भन्ने पात्र यस्तै हुन्छ । घरमा आश्रय, जीवनमा मार्गदर्शन, मनमा साहस, एकै व्यक्तिले यति धेरै भूमिका खेल्छ कि उनी गएपछि ती सबै भूमिकाको रिक्तता एकसाथ महसुस हुन्छ ।

हरेक छोरो, चाहे जतिसुकै ठूलो भए पनि, बाबु गुमाएपछि एकपल अनाथ नै भएको अनुभव गर्छ । ९७ वर्षका मोहनप्रसाद ओली, जो छोरोको राजनीतिमा ब्रेक देखेर अस्ताए । तर, बालेनका बुबा, रामनारायण साहले आफ्ना छोरालाई नेपालको प्रधानमन्त्री भएको देख्न पाएनन् ।

काठमाडौंको मेयर बन्दै गरेको देखेका रामनारायणले छोरो अप्रत्याशित जित आत्मसात् गर्दै सांसद बनेर प्रधानमन्त्रीसम्म बन्छ भन्ने अड्कल-अन्दाज पनि गर्न पाएनन् ।

यो प्रसंगले राजनीतिक प्रतिस्पर्धा, आलोचना र मतभेदबीच पनि सहानुभूति, संवेदना र मानवीयता जीवित रहन्छ भन्ने कुरा देखाएको छ । आखिर सत्ता, विचार र पदभन्दा माथि मानवीय सम्बन्ध र भावनाहरू हुन्छन् । राजनीतिमा मतभेद हुन सक्छ, तर दुःख र संवेदनामा सबै एउटै मानवीय परिवारका सदस्य हुन् ।

प्रकाशित समय: आईतबार १ चैत, २०८२, १८:०७:५१
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
एमाले सदस्यता अब पूर्ण रूपमा डिजिटल, अनलाइन नवीकरण प्रणाली लागू गर्ने निर्णय
आईतबार २० ब‌ैशाख, २०८३
इरान-इजरायलको भूराजनीतिक तनावले साउदीमा छायो मदिराको संकट
आईतबार २० ब‌ैशाख, २०८३
रास्वपाले लागू गर्‍यो उम्मेदवार छनोटको नयाँ मापदण्ड
आईतबार २० ब‌ैशाख, २०८३
नयाँ आईजीपी पौडेलले सोमबार फुली लगाउने, गृहसचिवबाट दर्ज्यानी चिन्ह प्रदान गरिने
आईतबार २० ब‌ैशाख, २०८३
सांसद् ढकालले लिए केन्द्रीय सचिवालय सदस्यको शपथ
आईतबार २० ब‌ैशाख, २०८३
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०