काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ तोकेको जनाएको छ। अघिल्लो दिन सुन ३ लाख १७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड रहेको छ।
त्यस्तै, शुक्रबार चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आज ५ हजार ४९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ५ हजार ५१५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।