काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला तीन लाख सत्र हजार रुपैयाँ तोकेको छ।
सुनको भाउ अघिल्लो दिन तीन लाख उन्नाइस हजार रुपैयाँ थियो भने गत माघ पन्ध्र गते तीन लाख उनन्चालीस हजार रुपैयाँसम्म पुगेको थियो।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा दुई सय पाँच रुपैयाँ घटेर पाँच हजार पाँच सय पन्ध्र रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदीको भाउ प्रतितोला पाँच हजार सात सय बीस रुपैयाँ थियो।