अमेरिका–इजरायल आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता पनि घाइते

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ फाल्गुण, २०८२
६ महिनाअघि

अमेरिका र इजरायलले गरेको आक्रमणमा परी इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते भएको खुलेको छ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले स्रोतलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारमा नयाँ सर्वोच्च नेता मोज्तबा अमेरिका–इजरायलले गरेको पहिलो दिनकै हवाई हमलामा घाइते भएको उल्लेख गरिएको छ।

खामेनीको खुट्टा भाँचिएको छ भने अनुहारमा पनि सामान्य चोट लागेको बताइएको छ।

डिसेम्बर अठ्ठाइस मा तेहरानमा भएको आक्रमणमा त्यतिबेला सर्वोच्च नेता रहेका आयातोल्लाह अली खामेनेई सहित शीर्ष अधिकारीहरू मारिएका थिए। उक्त हमलामा खामेनी परिवारका पाँच सदस्य पनि मारिएका थिए।

साइप्रसका लागि इरानी राजदूत अलिरेजा सलारियनले बेलायती पत्रिका द गार्डियनलाई दिएको जानकारी अनुसार मोज्तबा आफ्ना पिता अली खामेनेई मारिएकै हवाई आक्रमणमा घाइते भएका थिए।

छपन्न वर्षीय मोज्तबाको देब्रे आँखाको वरिपरि चोट लागेको र अनुहारमा सानो काटिएको समेत देखिएको स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ। यसअघि इसराइली अखबार टाइम्स अफ इसराइलले पनि अली खामेनेईमाथि भएको आक्रमणमा मोज्तबा घाइते भएको उल्लेख गरेको थियो।

नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त भएको घोषणा भए पनि खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् र उनले कुनै सम्बोधन पनि गरेका छैनन्।

राजदूत सलारियनका अनुसार चोटपटकका कारण मोज्तबा अहिले भाषण दिन सक्ने अवस्थामा छैनन्।

इरानी राष्ट्रपति मशुद पेजिस्कियनका छोरा युसेफ पेजिस्कियनले राज्य समाचार संस्था इरानियन स्टुडेन्ट्स न्युज एजेन्सीसँग कुरा गर्दै खामेनी घाइते भए पनि अवस्था चिन्ताजनक नरहेको बताएका छन्।

मोज्तबा खामेनी सार्वजनिक रूपमा नदेखिएपछि इरानी सरकारी सञ्चारमाध्यमहरूले पुराना भिडियो र सीमित दृश्यहरू प्रयोग गर्दै आएका छन्।

धार्मिक व्यक्तित्वका रूपमा चिनिने मोज्तबा आफ्ना पिता अली खामेनेईले दशकौंसम्म बनाएको राजनीतिक तथा सुरक्षा सञ्जालमा प्रभावशाली व्यक्तिका रूपमा मानिन्छन्। उनी विशेषगरी इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग नजिक मानिन्छन् र विश्लेषकहरूले उनलाई आफ्ना पिताभन्दा पनि कडा धारका नेताका रूपमा हेर्ने गरेका छन्।

सन् दुई हजार उन्नाइस मा अमेरिकाले मोज्तबा खामेनीमाथि पनि प्रतिबन्ध लगाएको थियो। अमेरिकी अधिकारीहरूले उनलाई क्षेत्रीय प्रभाव विस्तार गर्न र आन्तरिक दमनलाई सघाएको आरोप लगाएका थिए।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ सर्वोच्च नेताका रूपमा खामेनीको चयनप्रति असन्तुष्टि जनाउँदै यसलाई स्वीकार्य नहुने बताएका छन्।

प्रकाशित समय: बिहिबार २८ फाल्गुण, २०८२, ०९:२९:५५

सम्बन्धित खबर

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
३ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
४ दिनअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
४ दिनअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
४ दिनअघि
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०