संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका-४ स्थितबाट १ नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका धनमान विश्वकर्मा रहेका छन् ।
फागुन २५ गते धनमान विश्वकर्माले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा निजले आफ्नै घर भित्र लुकाई छिपाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।