बालेन बने खर्च विवरण सार्वजनिक गर्ने पहिलो उम्मेदवार

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २६ फाल्गुण, २०८२
७ महिनाअघि

विराटनगर । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र साह निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । यससँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै क्षेत्रमा हराएर सनसनी मच्चाएका बालेन निर्वाचन खर्च विवरण सार्वजनिक गर्ने पहिलो उम्मेदवार बनेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेनले मतपरिणाम सार्वजनिक भएको केही समयपछि नै निर्वाचन खर्च सार्वजनिक गरे । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा पेस गरिएको विवरणअनुसार उनले निर्वाचन अभियानका क्रममा १४ लाख १७ हजार २२९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

Advertisement

निर्वाचन खर्च सम्बन्धी फाराममार्फत बुझाइएको विवरणमा प्रचार–प्रसार, सवारी साधन भाडा, कार्यालय सञ्चालन तथा विभिन्न व्यवस्थापन खर्च समावेश गरिएको छ । विवरणअनुसार चुनावी अभियानका क्रममा सवारी साधन भाडामा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च गरिएको उल्लेख छ ।

त्यस्तै, हवाई भाडा शीर्षकमा ३५ हजार रुपैयाँ र मतदाता प्रशिक्षण कार्यक्रममा २८ हजार ९७० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । सबैभन्दा बढी रकम भने वडा स्तरमा सञ्चालन गरिएको प्रचार कार्यक्रममा खर्च भएको देखिन्छ, जसमा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

यस्तै नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा १ लाख २० हजार रुपैयाँ र स्टेसनरी तथा कार्यालय व्यवस्थापनमा २२ हजार ८२० रुपैयाँ खर्च गरिएको जनाइएको छ । यस्तै, प्रचार सामग्री झण्डा र ब्याचमा १ लाख ५७ हजार र ब्यानर तथा टोकनमा १ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । यसबाहेक मनोनयन दर्ता शुल्कका रूपमा १० हजार रुपैयाँ खर्च गरिएको उनको विवरणमा उल्लेख छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०