बहुमत सरकारको संकेतसँगै सेयर बजारमा उछाल, नेप्सेमा तीन सर्किट

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २५ फाल्गुण, २०८२
६ महिनाअघि

काठमाडौं — प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ले स्पष्ट बहुमत ल्याउने संकेत देखिएपछि नेपाली सेयर बजारमा ठूलो उत्साह देखिएको छ। लगानीकर्ताले अब पाँच वर्ष स्थिर सरकार र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरेका छन्।

सोमबार नेप्से परिसूचकमा लगातार तीन पटक सर्किट ब्रेक लागेपछि कारोबार समयअघि नै बजार बन्द भएको छ। प्रि–ओपनमै करिब १.५ प्रतिशतभन्दा बढी बढेको नेप्से नियमित कारोबार सुरु भएपछि तीव्र गतिमा उकालो लागेको थियो।

११:०१ बजे नेप्से ४ प्रतिशत बढेपछि पहिलो सर्किट लागेर कारोबार २० मिनेटका लागि रोकियो। त्यसपछि खुलेको बजारमा पनि उकालो जारी रहँदा ११:२१:१३ बजे दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित भयो।

पुनः १२:०१:१३ बजे खुलेको बजारमा नेप्से फेरि तीव्र गतिमा बढ्दा १२:०१:३७ बजे तेस्रो सर्किट लागेर उक्त दिनका लागि कारोबार बन्द गरिएको हो।

यस दिन नेप्से परिसूचक १६२.९३ अंक बढेर २८७५.४३ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इन्डेक्स : २८.११ अंक वृद्धि

फ्लोट इन्डेक्स : ११.४३ अंक वृद्धि

सेन्सेटिभ फ्लोट : ९.९६ अंक वृद्धि

कुल २६१ कम्पनीका ४ हजार ५१ कारोबारमार्फत ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको ११ करोड ४३ लाख कित्ता सेयर किनबेच भएको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र सिटि होटल को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा नारायणी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो, जसको ३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि शिवम् सिमेन्ट्स (२ करोड ८९ लाख) र एसवाई प्यानल नेपाल (२ करोड ८६ लाख) को कारोबार भएको छ।

उपसमूहगत रूपमा १३ वटै उपसमूहको परिसूचक बढेको छ। सबैभन्दा धेरै व्यापार उपसमूह ७.७३ प्रतिशत बढेको छ। त्यस्तै लगानी, बैंकिङ र जलविद्युत उपसमूह करिब ७ प्रतिशत बढेका छन् भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह पनि ५ प्रतिशतभन्दा बढी बढेका छन्।

प्रकाशित समय: सोमबार २५ फाल्गुण, २०८२, १४:४५:०५

सम्बन्धित खबर

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ हप्ताअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
१ महिनाअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
१ महिनाअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
१ महिनाअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ महिनाअघि
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०