बहुमत सरकारको संकेतसँगै सेयर बजारमा उछाल, नेप्सेमा तीन सर्किट

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २५ फाल्गुण, २०८२
८ महिनाअघि

काठमाडौं — प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ले स्पष्ट बहुमत ल्याउने संकेत देखिएपछि नेपाली सेयर बजारमा ठूलो उत्साह देखिएको छ। लगानीकर्ताले अब पाँच वर्ष स्थिर सरकार र लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरेका छन्।

सोमबार नेप्से परिसूचकमा लगातार तीन पटक सर्किट ब्रेक लागेपछि कारोबार समयअघि नै बजार बन्द भएको छ। प्रि–ओपनमै करिब १.५ प्रतिशतभन्दा बढी बढेको नेप्से नियमित कारोबार सुरु भएपछि तीव्र गतिमा उकालो लागेको थियो।

Advertisement

११:०१ बजे नेप्से ४ प्रतिशत बढेपछि पहिलो सर्किट लागेर कारोबार २० मिनेटका लागि रोकियो। त्यसपछि खुलेको बजारमा पनि उकालो जारी रहँदा ११:२१:१३ बजे दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित भयो।

पुनः १२:०१:१३ बजे खुलेको बजारमा नेप्से फेरि तीव्र गतिमा बढ्दा १२:०१:३७ बजे तेस्रो सर्किट लागेर उक्त दिनका लागि कारोबार बन्द गरिएको हो।

यस दिन नेप्से परिसूचक १६२.९३ अंक बढेर २८७५.४३ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इन्डेक्स : २८.११ अंक वृद्धि

फ्लोट इन्डेक्स : ११.४३ अंक वृद्धि

सेन्सेटिभ फ्लोट : ९.९६ अंक वृद्धि

कुल २६१ कम्पनीका ४ हजार ५१ कारोबारमार्फत ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको ११ करोड ४३ लाख कित्ता सेयर किनबेच भएको छ।

यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र सिटि होटल को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा नारायणी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो, जसको ३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि शिवम् सिमेन्ट्स (२ करोड ८९ लाख) र एसवाई प्यानल नेपाल (२ करोड ८६ लाख) को कारोबार भएको छ।

उपसमूहगत रूपमा १३ वटै उपसमूहको परिसूचक बढेको छ। सबैभन्दा धेरै व्यापार उपसमूह ७.७३ प्रतिशत बढेको छ। त्यस्तै लगानी, बैंकिङ र जलविद्युत उपसमूह करिब ७ प्रतिशत बढेका छन् भने विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह पनि ५ प्रतिशतभन्दा बढी बढेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०