आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनाले देशैभरि सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पारेको छ ।शान्ति सुरक्षा सुदृढ बनाउन नेपाली सेनाले विभिन्न सवारी साधन तथा बख्तरबन्द गाडी, मोटरसाइकल र पैदल टोलीमार्फत मतदानस्थल तथा संवेदनशील क्षेत्रहरूमा सुरक्षा निगरानी तीव्र पारेको छ ।
सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँग एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार समन्वयात्मक रूपमा गस्ती सञ्चालन हुनेछ । मतदाताहरुलाई निर्धक्क भई मतदान गर्ने वातावरण तयार र सम्भावित जोखिमलाई नियन्त्रणमा लिन नेपाली सेनाले सुरक्षा सतर्कता उच्च पार्न छ ।