रंगेलीमा मनोजको चुनावी र्‍यालीमा जनलहर (तस्बिरहरू)

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १७ फाल्गुण, २०८२
४ महिनाअघि

रंगेली । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ का नेकपा एमाले उम्मेदवार मनोजकुमार अग्रवालको चुनावलक्षित मोटरसाइकल र्‍यालीमा जनलहर देखिएको छ । आक्रमक चुनावी अभियान सञ्चालन गरिरहेका अग्रवालले आइतबार रंगेलीमा आयोजना गरेको र्‍यालीमा उल्लेखनीय संख्यामा सहभागिता रहेको थियो ।

रंगेलीका विभिन्न स्थानहरूमा आइतबार निकालिएको बृहत्त् र्‍यालीमा क्षेत्रका नागरिक र कार्यकर्ताहरू सम्मेलित जनसागर उर्लिएको थियो । रंगेली बजारस्थित कालीमन्दिरबाट सुरु भएको र्‍यालीको कोणसभामा बोल्ने क्रममा उम्मेदवार अग्रवालले आफ्नो पक्षमा बलियो माहोल बनेको उल्लेख गर्दै जित सुनिश्चित रहेको दाबी गरे ।

Advertisement

आफ्नो निर्वाचन क्षेत्रका विकास योजना, समसामयिक मुद्दा र आगामी चुनौतीबारे जनतालाई जानकारी दिने कार्यक्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएकोमा आफू आशावादी रहेको उनको भनाइ छ ।

घरदैलो पुगेर जनतासँग साक्षत्कार गर्दा अधिकांश मतदाताले आफूबाट आशावादी रहेको जनाएको उल्लेख गर्दै यसपालि आफ्नो संघीय संसदको यात्रा सफल बनाउन सबै लागिपरेको स्मरण गराए ।

लामो समययता राजनीति र सामाजिक गतिविधिभा सक्रिय रहेका अग्रवालले पिछडिएको आफ्नो क्षेत्रलाई समुन्नत दिशातर्फ लैजानका लागि कम्मर कसेर लागेको सुनाए ।

सामाजिक छवि र सांगठनिक बलका आधारमा चुनावी मैदानमा होमिएका अग्रवाललाई १० वर्षपछि एमालेले आफ्नो आधिकारिक उम्मेदवारका रूपमा उठाएको हो । पछिल्ला दुई वटा निर्वाचनमा एमालेले अन्य दललाई सघाउँदा यस क्षेत्रका मतदाताले सूर्य चिह्नमा भोट हाल्न पाएका थिएनन् ।

यसअघि २०७४ सालमा तत्कालीन माओवादीसँग एकता गरेको एमालेले शिवकुमार मण्डललाई सहयोग गरी जिताएको थियो । २०७९ सालमा एमालेले जसपाका राजकुमार यादवलाई सघाएको भए पनि स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका थिए । अब यसपालि भने संघर्षले खारिएका र अनुभवले निखारिएका मनोजलाई यस क्षेत्रमा उम्मेदवार बनाएको हो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति

आईतबार २८ असार, २०८३
४ घण्टाअघि

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध

आईतबार २८ असार, २०८३
८ घण्टाअघि

दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?

आईतबार २८ असार, २०८३
८ घण्टाअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
९ घण्टाअघि

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी

शुक्रबार २६ असार, २०८३
२ दिनअघि

कर्णाली नदीमा भेटियो दुई जनाको शव

शुक्रबार २६ असार, २०८३
२ दिनअघि
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?
आईतबार २८ असार, २०८३
विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ
आईतबार २८ असार, २०८३
बालेन सरकारले किसानलाई पेन्सन दिने
आईतबार २८ असार, २०८३
विश्वकपको फाइनल खेल हुने स्टेडियम बिक्रीमा
आईतबार २८ असार, २०८३
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०