मोरङ ६ : उज्यालो नेपाल पार्टीका उम्मेदवार नै एमालेमा प्रवेश

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १७ फाल्गुण, २०८२
४ महिनाअघि

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी समीकरण अप्रत्याशित मोडमा पुगेको छ ।

उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका युवा उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा (एमाले)का उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

Advertisement

आइतबार बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रममार्फत औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारिएको घोषणा गर्दै उनी एमाले प्रवेश गरेका छन् ।

कार्यक्रममा एमाले उम्मेदवार विनाेद ढकालसहित, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतलगायतले बुढाथोकीलाई पार्टीमा स्वागत गरेका छन् ।

बुढाथोकीले आफू अब उम्मेदवारका रूपमा क्रियाशील नरहने स्पष्ट पार्दै आफूलाई साथ र समर्थन गर्ने सम्पूर्ण मतदातालाई एमालेका उम्मेदवार ढकाललाई सहयोग गर्न आग्रह गरे ।

‘यो क्षेत्रको विकासका लागि एमालेको विकल्प देखिएन,’ उनले भने, ‘विगतमा एमालेले जित्दा क्षेत्रमा देखिने खालको काम भएको छ । अरूले जित्दा क्षेत्रगत विकास ओझेलमा पर्‍यो । त्यसैले अब विकासको निरन्तरताका लागि विनोद ढकाललाई जिताउन सक्रिय हुनुपर्छ ।’

मोरङ–६ मा यसपटकको निर्वाचन दलीय प्रतिस्पर्धामा सीमित नभई पुस्तागत प्रतिस्पर्धाको प्रतीकसमेत बनेको थियो ।

एकातर्फ नेपाली कांग्रेसका प्रभावशाली नेता एवं अनुभवी राजनीतिज्ञ ७५ वर्षीय डाक्टर शेखर कोइराला चुनावी मैदानमा छन् भने अर्कोतर्फ एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मजदुर नेता ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रुविना आचार्यसहित १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यही पृष्ठभूमिमा सबैभन्दा कान्छा उम्मेदवारका रूपमा प्रस्तुत भएका वसन्त बुढाथोकीको उम्मेदवारी फिर्ताले नयाँ राजनीतिक माहोल सिर्जना गरेको छ ।

२५ वर्षीय बुढाथोकीलाई आम मतदाताले जेनजी उम्मेदवारका रूपमा चिन्दै आएका थिए । बुढाथोकीले आफू जनताको समस्या समाधानका लागि राजनीतिमा सक्रिय हुने पनि बताए ।

उनले मनोनयन दर्तादेखि आफ्नो चुनावी अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत मतदातामाझ पुगिरहेका बुढाथोकीले युवाको सहभागिता र प्रणालीगत सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए ।

तर, अन्ततः उनले चुनावी प्रतिस्पर्धाबाट पछि हट्दै एमालेसँग सहकार्यको बाटो रोजेका छन् । अब आफूलाई समर्थन गर्ने आम मतदातालाई एमाले उम्मेदवार विनोद ढकाल जिताउने अभियानमा सक्रिय गराउने घोषणा उनले गरे ।

‘बेरोजगारी अन्त्य र विकासको स्पष्ट खाका एमालेबाहेक अरुसँग देखिएन,’ उनले भने, ‘नयाँको नाममा आएको लहरले देशलाई स्थायित्व दिन सक्दैन । विकास गर्ने स्पष्ट दृष्टिकोण एमालेसँग मात्र छ भन्ने निष्कर्षमा पुगेँ ।’

बुढाथोकीले केही दल र उम्मेदवारहरूमाथि कडा टिप्पणी गर्दै सहकारी ठगी, सार्वजनिक सम्पत्ति तोडफोड र राज्य संरचनामाथि आगजनी एवं आक्रमणजस्ता घटनामा संलग्न तत्वहरूलाई चुनावबाटै परास्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका सर्वोच्च संरचना जलाएर देश ध्वस्त पार्दै चुनावी अभियानमा होमिएर मतदातासँग मत मागिरहेकाहरुले कुनै पनि हालतमा मुलुकको विकास नगर्ने बुढाथोकीको दाबी छ ।

‘जनतालाई झुक्याउने काम भइरहेको छ । कोही पनि भ्रममा पर्न हुँदैन,’ उनले भने ।

उनले मतदातालाई भावनात्मक नारा एवं आश्वासनको जालमा नपरिकन विकासको एजेन्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

उनको समर्थनपछि मोरङ–६ को चुनावी समीकरणमा एमालेको पक्ष थप बलियो हुने विश्लेषण गरिएको छ ।
यो क्षेत्रमा कुल १ लाख ३७ हजार ८ सय ३२ मतदाता छन् । परम्परागत दलहरूको प्रभाव रहेको मोरङ–६ मा नयाँ शक्ति र युवा अनुहारको प्रवेशले चुनावी माहोल उत्तिकै तताएको छ ।

मोरङ–६ मा उम्मेदवारी निष्क्रिय पार्ने निर्णयलाई कतिपयले रणनीतिक सहकार्यका रूपमा हेरेका छन् भने कतिपयले यसलाई नयाँ शक्तिको राजनीतिक परिक्षणको प्रारम्भिक परिणामका रूपमा व्याख्या गरेका छन् ।

मोरङ–६ को चुनावी मैदानमा अहिले मुख्य प्रतिस्पर्धा अनुभवी र स्थापित नेताहरूबीच केन्द्रित भएको छ ।

डाक्टर शेखर कोइराला आफ्नो दशकौँ लामो राजनीतिक अनुभव र कांग्रेसको सांगठनिक सञ्जालमा भर परिरहेका छन् भने एमालेका विनोद ढकाल विकासको निरन्तरता र स्थायित्वको नारासहित मतदातामाझ पुगिरहेका छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति

आईतबार २८ असार, २०८३
४ घण्टाअघि

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध

आईतबार २८ असार, २०८३
८ घण्टाअघि

दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?

आईतबार २८ असार, २०८३
९ घण्टाअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
१० घण्टाअघि

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी

शुक्रबार २६ असार, २०८३
२ दिनअघि

कर्णाली नदीमा भेटियो दुई जनाको शव

शुक्रबार २६ असार, २०८३
२ दिनअघि
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?
आईतबार २८ असार, २०८३
विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ
आईतबार २८ असार, २०८३
बालेन सरकारले किसानलाई पेन्सन दिने
आईतबार २८ असार, २०८३
विश्वकपको फाइनल खेल हुने स्टेडियम बिक्रीमा
आईतबार २८ असार, २०८३
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०