म्यादी प्रहरीको जागिर खाइदियो सामाजिक सञ्जालले

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० फाल्गुण, २०८२
६ महिनाअघि

सप्तरी । सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा एक निर्वाचन प्रहरीको नियुक्ति करार रद्द भएको छ ।

महादेवा गाउँपालिका–५ का निर्वाचन प्रहरी २५ वर्षीय हरी नारायण मण्डलले सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको कारण उनको जागिर गुमेको हो ।

निर्वाचन प्रहरीको काम, कर्तव्य र आचरणविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै शनिबार (हिजो)देखि लागू हुनेगरी नियुक्ति करार रद्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको अनुसार फागुन ८ गते सोहि पालिकास्थित भगवतपुर बजारमा नेकपा (एमाले) पार्टीको ब्यानर, फोटो तथा झण्डा जलाउँदै अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएपछि उनलाई सोही दिन जिल्ला प्रहरी कार्यालयमा बोलाई स्पष्टिकरण सोधिएको हो ।

मण्डलविरुद्ध “निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि, २०८२” को परिच्छेद ४ को दफा १२ (छ) बमोजिम कसुर कायम भएको प्रहरीले जनाएको छ ।

सोही कार्यविधिको दफा १२ (ध) अनुसार उनको करार रद्द गरी सेवाबाट हटाउने निर्णय गरिएको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय: आईतबार १० फाल्गुण, २०८२, १३:०१:१६
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०