सुपर–८ मा आज दुई रोमाञ्चक भिडन्त: श्रीलंका–इंग्ल्यान्ड र भारत–दक्षिण अफ्रिका आमनेसामने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० फाल्गुण, २०८२
२ महिनाअघि

काठमाडौं – आइसीसी मेन्स टी २० वर्ल्ड कप २०२६ अन्तर्गत सुपर–८ चरणका दुई महत्वपूर्ण खेल आज हुँदैछन्। शनिबारबाट सुरु भएको सुपर–८ को पहिलो खेल वर्षाका कारण अवरुद्ध हुँदा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका थिए।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्याण्ड सुपर–८ मा पुगेका छन्।

सुपर–८ को समूह १ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे रहेका छन् भने समूह २ मा इंग्ल्यान्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन्।

आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारसहित सुपर–८ मा पुगेको हो भने श्रीलंका समूह ‘बी’बाट समान नतिजासहित उपविजेताका रूपमा अघि बढेको हो। दुवै टोली उपविजेता रहँदै सुपर–८ मा प्रवेश गरेका हुन्। खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ।

दोस्रो खेलमा साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच कडा प्रतिस्पर्धा हुनेछ। भारतमा हुने यो खेल साँझ ७:१५ बजे सुरु हुनेछ। भारत समूह ‘ए’को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’को विजेता बनेको थियो। समूह चरणमा दुवै टोली अपराजित रहँदै सुपर–८ मा पुगेका छन्।

टी–२० विश्वकप २०२६ को फाइनल फागुन २४ गते हुने तालिका छ। नेपाल भने समूह चरणबाटै बाहिरिँदै प्रतियोगिताबाट घर फर्किसकेको छ।

प्रकाशित समय: आईतबार १० फाल्गुण, २०८२, ०७:२७:०५
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
घर भत्किएको हेर्न सक्दिनँ’ भनेका व्यक्ति मृत भेटिए
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकाका ५३ देशका लागि चीनको शून्य-कर घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अब साइट र बजेट सुनिश्चित नभई ठेक्का लगाउन नपाइने
शुक्रबार १८ ब‌ैशाख, २०८३
बुद्ध जयन्तीकै दिन बल्खुमा गुम्बा र मन्दिरमा डोजर
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०