ओली-बालेनको निर्वाचन क्षेत्रमा सडक समस्याले सकसमा मतदाता !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ९ फाल्गुण, २०८२
२ महिनाअघि

झापा । हरेक निर्वाचनमा चुनावी नारा बन्ने गरेको झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानी पञ्चमी जोड्ने ३३ किलोमिटर लामो फाल्गुनन्द मार्ग निर्माण सुरु भएको साढे तीन दशक बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक निर्माण अलपत्र पर्दा यस विषयमा राजनीतिक दल र उम्मेदवारहरूलाई मतदातालाई जवाफ दिन सकस हुने गरेको छ ।

पर्याप्त बजेट विनियोजन हुँदाहुँदै पनि सडक निर्माण सम्पन्न हुन नसकेको जनाइएको छ । झापा, इलाम र पाँचथरका उम्मेदवारहरूले प्रत्येक निर्वाचनमा यो सडकलाई प्राथमिकतामा राख्दै आएका छन् ।

दमकदेखि माङसेबुङ गाउँपालिका हुँदै चिसापानी पञ्चमी जोड्ने यो सडक झापा, इलाम र पाँचथरका नागरिकका लागि महत्त्वपूर्ण पहुँच मार्ग हो ।

कृषि उत्पादन बजारसम्म पुर्‍याउने, दैनिक आवतजावत सहज बनाउने तथा पहाड–तराई जोड्ने रणनीतिक सडकका रूपमा हेरिएको यो मार्ग रतुवा नदीको किनारैकिनार ट्र्याक खोलेर निर्माणाधीन अवस्थामा छ ।

यो सडक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक र स्वर्गीय पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र माङसेबुङ जोड्ने मार्गका रूपमा समेत परिचित छ ।

अहिले पनि यो सडक निर्माण पूरा गर्नु उम्मेदवारहरूको प्रमुख मुद्दा बनेको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख श्यामकुमार यादवका अनुसार ३३ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो ।

पहिलो खण्डअन्तर्गत दमकको जिरोप्वाइन्टदेखि सात किलोमिटर कालोपत्रे गर्ने जिम्मा महालक्ष्मी–किरातेश्वर जेभीले २०७५ साउन २९ गते ३० महिनाभित्र सक्ने गरी २२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा लिएको थियो ।

तर चार पटक म्याद थप्दा पनि काम पूरा हुन सकेको छैन । हाल जरिवानासहित उक्त खण्डमा काम भइरहेको उनले जानकारी दिए ।

दोस्रो (१५ किमी) र तेस्रो (११ किमी) खण्डको ठेक्का लुम्बिनी–गणपति जेभीले २०७६ फागुन २ गते क्रमशः ५४ करोड ४४ लाख ८७ हजार र ५९ करोड १५ लाख ३५ हजार रुपैयाँमा लिएको थियो ।

दुवै खण्डको म्याद २०७९ फागुनमै सकिए पनि दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रोमा २८ प्रतिशत मात्र काम सम्पन्न भएको थियो ।

ठेकेदार कम्पनीले काम नगरेपछि २०८० फागुनमा ठेक्का रद्द गरी बैँक ग्यारेन्टी जफत गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पर्याप्त बजेट सुनिश्चित हुँदाहुँदै पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम प्रभावित भएको प्रमुख यादवको भनाइ छ ।

निर्माण व्यवसायीले पाटन उच्च अदालतमा मुद्दा दायर गरे पनि अदालतले सडक डिभिजन कार्यालयकै पक्षमा फैसला गरेको उनले बताए ।

इलामको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईका अनुसार हाल सडकमा सवारी साधन नियमित रूपमा सञ्चालन भइरहे पनि पूर्ण स्तरोन्नति हुन सकेको छैन ।

वर्षायाममा आवतजावत गर्न निकै कठिन हुने गरेको उनले बताए । निर्माण व्यवसायीसँग पटक–पटक छलफल भए पनि उल्लेख्य प्रगति हुन नसकेको उनको भनाइ छ ।

दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंका अनुसार सडक कालोपत्रे भएपछि दमकको व्यापारमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

यसले पहाडी जिल्लाका किसानको उत्पादन सहज रूपमा बजारमा ल्याउन मद्दत पुग्ने र समग्र आर्थिक गतिविधि बढ्ने उनले बताए ।

२०४९ सालमा डा. गोपाल कोइरालाको नेतृत्वमा प्रारम्भ गरिएको फाल्गुनन्द मार्ग अझै अधुरै रहँदा स्थानीयवासी आक्रोशित छन् ।

प्रकाशित समय: शनिवार ९ फाल्गुण, २०८२, ०८:५९:०९
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठन खारेजी निर्णयमा विपक्षीको आपत्ति, तत्काल फिर्ता लिन माग
बिहिबार १७ ब‌ैशाख, २०८३
‘संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ’ – प्रचण्ड
बिहिबार १७ ब‌ैशाख, २०८३
अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै
बिहिबार १७ ब‌ैशाख, २०८३
मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर
बिहिबार १७ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै, उच्चस्तरीय भेटघाटको तयारी
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०