मेरो उम्मेदवारीप्रति मतदाता सकारात्मक र उत्साहित हुनुहुन्छ : बगडिया

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ७ फाल्गुण, २०८२
८ महिनाअघि

रंगेली । मोरङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिलीपकुमार बगडियाले घरदैलोका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएका छन् । चुनावी प्रचार गर्न आफ्नो क्षेत्रका मतदाताहरूको घरदैलोमा पुगिरहेका बगडियाले जनताबाट सकारात्मक प्रतिक्रिया पाएको बताएका हुन् ।

जनताको घरदैलोमा पुग्दा मतदाताहरूले काम गर्ने व्यक्तिलाई उम्मेदवारका रूपमा पाएको भन्दै उत्साहित बनेको बगडियाको भनाइ छ । नगरप्रमुखको रूपमा रहँदा रंगेली नगरपालिकामा कायापलट गरेका बगडियाले समग्र क्षेत्रलाई नमूना बनाउने भन्दै मतदाताले प्रसंशा गर्ने गरेको बगडिया बताउँछन् ।

Advertisement

बिनाकुनै तामझाम टोल–टोल पुगेर मतदातासँग उनीहरूका आशा–अपेक्षा सुन्ने गरेका बगडियाले जनतासँग आफ्ना योजना सुनाउने गरेका छन् । यसअघि पनि यसै क्षेत्रका जनतासँग नजिक भएर सक्रियताका साथ काम गरिरहेका कारण घरदैलोमा पनि सहज भएको बगडियाको भनाइ छ ।

साथै, आफ्नो उम्मेदवारीलाई लिएर मतदाता सकारात्मक र उत्साहित देखिएको बताउँदै बगडियाले सधैंभरि जनभावनाअनुरूप नै काम गर्ने बताएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट विजयी प्राप्त गरेमा क्षेत्रगत विकासका लागि मरिमेट्ने प्रतिबद्धता उनको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०