आसन्न चुनाव विशेष छ, नियमित जस्तो होइन : मनोज अग्रवाल

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ७ फाल्गुण, २०८२
२ महिनाअघि

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर–५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोजकुमार अग्रवालले आसन्न चुनाव नियमित जस्तो नभएर विशेष भएको बताएका छन् । घरदैलो कार्यक्रममा आममतदातासँगको छलफलका क्रममा नेकपा एमालेबाट संघीय सांसदको उम्मेदवार बनेका अग्रवालले जेनजी विद्रोहपश्चात हुन लागेको निर्वाचन विशेष भएको बताएका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मागअनुरूप हुन लागेको यो चुनावले देश परिवर्तनको अर्थ बोक्ने भएको उनले स्मरण गराए । यसैकारण मतदाताले सही नेतृत्व छान्नका लागि आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

भ्रष्टाचार न्युनीकरण, सुशासनलगायत माग राखेर सडकमा उत्रिएको जेनजी पुस्तालाई आफूहरूले सम्झाउन नसकेको भनाइ उनको छ । यी विषयहरूमा एमाले नेतृत्वको सरकारले काम गरिरहेको भए पनि सम्झाउन नसक्दा जेनजी पुस्ता आन्दोलनमा उत्रिएको धारणा उनको छ । तथापि, अब देश र संविधान जोगाउने बाटोमा एमाले रहेका कारण आममतदाताले सूर्य चिह्नमा मतदान गर्नुपर्ने उनको तर्क छ ।

विकासका हिसाबले पिछडिएको आफ्नो क्षेत्रलाई उकास्न उम्मेदवारी दिएको बताउने अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीस्वरूप घरदैलो कार्यक्रम गरिरहेका छन् । आममतदाताको घरदैलोमा आफ्ना एजेन्डा पुर्‍याउन लागिपरेका उनी निर्वाचन क्षेत्रका विभिन्न पालिकाका वडाहरुमा पुगेर चुनावी तयारी र रणनीतिबारे भलाकुसारी गरिरहेका छन् ।

एमालेले पछिल्लो १० वर्षमा पहिलोपटक आफ्नै उम्मेदवारको रूपमा अग्रवाललाई उठाएको हो । विगतका दुई निर्वाचनमा एमालेका मतदाताले आफ्नै चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न पाएका थिएनन् । २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो र एमालेले माओवादीका शिवकुमार मण्डललाई समर्थन गरेको थियो ।

२०७९ को निर्वाचनमा एमालेले जसपा नेपालसँग तालमेल गर्दै जसपाका उम्मेदवार जयराम यादवलाई समर्थन गरेको थियो । यद्यपि, सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए ।

प्रकाशित समय: बिहिबार ७ फाल्गुण, २०८२, ०७:००:०२
सरकारलाई विपक्षी दलले गराए यी विषयमा ध्यानाकर्षण
बिहिबार १७ ब‌ैशाख, २०८३
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठन खारेजी निर्णयमा विपक्षीको आपत्ति, तत्काल फिर्ता लिन माग
बिहिबार १७ ब‌ैशाख, २०८३
‘संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ’ – प्रचण्ड
बिहिबार १७ ब‌ैशाख, २०८३
अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै
बिहिबार १७ ब‌ैशाख, २०८३
मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर
बिहिबार १७ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै, उच्चस्तरीय भेटघाटको तयारी
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०