पितृशोकमै घोषणापत्र : कोराबाटै जनतासँग प्रतिबद्धता जनाए ढकालले

प्रवेश तिम्सिना
आईतबार ३ फाल्गुण, २०८२
५ महिनाअघि

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले पितृशोकमा रहँदारहँदै पनि आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् ।

नेकपा एमालेका नेता एवम् मोरङ-६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ढकालले विराटनगर-५ सम्झना चोकस्थित निज निवासमा आइतबार पत्रकार सम्मेलन गर्दै ३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

Advertisement

ढकालको घोषणापत्रमा विराटनगरको दीर्घकालीन समस्या बनिरहेको ढल निकास र डुबान समस्या समाधानका लागि गुरुयोजना बनाई लागू गर्ने, चक्रपथसहितको प्रमुख सडक कालोपत्रे गर्ने र गछिया, बुढीखोला, केशलिया तथा सिंगिया नदी नियन्त्रणका लागि विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालनमा ल्याउने, मजदुर हितमा विशेष कार्यक्रम ल्याउने र साना तथा घरेलु उद्योगको प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश छ ।

शिक्षा क्षेत्रमा स्मार्ट क्लासरुम नीति लागू गर्ने, जेनजीहरूका लागि आधुनिक प्रविधिमार्फत नवप्रवर्तनमूलक सिकाइ र उच्च शिक्षाका विद्यार्थीका लागि ‘पढ्दै, कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ ।

यसका अतिरिक्त, सुन्दरहरैंचाको छ पोखरी, बुढीगंगाको सिंगिया खोला र बौराहाको मधुपार्कसहितका पार्कहरूको स्थापना तथा हसिना सिमसारलाई पर्यटकीय क्षेत्र बनाउने, निर्वाचन क्षेत्रस्तरीय रंगशाला निर्माण, युवा उद्यमीलाई बिना धितो ऋणको व्यवस्था, ज्येष्ठ नागरिक, अपांग, दलित र एकल महिलाको सामाजिक सुरक्षा भत्ता वृद्धि लगायत विषय पनि घोषणापत्रमा समेटिएका छन् ।

ढकालले पूर्व सांसद कमरेड लालबाबु पण्डितको कार्यकालमा ५ अर्बभन्दा बढीको विकास निर्माण भएकोमा त्यसपछि क्षेत्रको विकास ठप्प भएको उल्लेख गर्दै पण्डितले सुरु गरेका अधुरा परियोजनाहरू प्राथमिकतासाथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

भ्रष्टाचार नगर्ने र जनताको शिर कहिल्यै नझुकाउने प्रतिज्ञा गर्दै ढकालले सूर्य चिन्हमा मतदान गरी सेवा गर्ने अवसर दिन मतदातासँग अनुरोध गरेका छन् ।

नेकपा एमालेभित्र आफ्ना आवाजहरुलाई बुलन्द पार्ने नेताको रुपमा चिनिएका ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रिय नेताका रूपमा परिचित छन् ।

ढकालका बुबा विष्णुप्रसाद ढकालको १०१ वर्षको उमेरमा माघ २९ गते बिहान निधन भएको थियो ।

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुविना आचार्यलगायत उम्मेदवार छन् । मोरङ–६ मा कुल १ लाख ३७ हजार ८ सय ३२ मतदाता छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति

आईतबार २८ असार, २०८३
८ घण्टाअघि

खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध

आईतबार २८ असार, २०८३
१२ घण्टाअघि

दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?

आईतबार २८ असार, २०८३
१२ घण्टाअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
१३ घण्टाअघि

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी

शुक्रबार २६ असार, २०८३
३ दिनअघि

कर्णाली नदीमा भेटियो दुई जनाको शव

शुक्रबार २६ असार, २०८३
३ दिनअघि
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?
आईतबार २८ असार, २०८३
विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ
आईतबार २८ असार, २०८३
बालेन सरकारले किसानलाई पेन्सन दिने
आईतबार २८ असार, २०८३
विश्वकपको फाइनल खेल हुने स्टेडियम बिक्रीमा
आईतबार २८ असार, २०८३
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०