झापामा ओली र बालेनको घरदैलो : सुरक्षा व्यवस्था कडा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३ फाल्गुण, २०८२
२ महिनाअघि

दमक । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुनः गृहजिल्ला झापा आएका छन् ।

झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका ओली मतदातासँगको घरदैलो कार्यक्रमका लागि झापा आएका हुन् ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य रोमनाथ ओलीका अनुसार आइतबार दमक आएका अध्यक्ष ओली सोमबारदेखि दमकका विभिन्न वडामा आयोजना हुने घरदैलो कार्यक्रममा सहभागी हुने तय भएको छ ।

यसअघि एक सातासम्म कमल, गौरादह र गौरीगन्ज पालिकाका घरदैलो कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किएका ओली पुनः झापा आएका हुन् ।

ओलीले यस पटक आफ्ना कार्यकर्ता तथा मतदाताका गुनासो नजिकबाट सुन्ने कार्यक्रम बनाइएको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह पनि घरदैलोमा सहभागी हुन आउने कार्यक्रम रहेको रास्वपाका नेता भेषराज भट्टराईले बताएका छन् ।

कार्यक्रमको कार्यतालिका तय भइरहेको उनले जानकारी दिनुभयो । यसअघि पनि ओली झापा आएकै समयमा साहले यहाँ आएर दुई दिन घरदैलो र भेटघाट गरी फर्किएका थिए ।

ओली र साहबिचको चुनावी प्रतिस्पर्धाका कारण दमकको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । यहाँको चुनावी प्रतिस्पर्धालाई निकै रोचक रूपमा हेरिएको छ ।

उम्मेदवारी मनोनयनका दिन दुई पक्षका समर्थकबीच सामान्य विवाद भएपछि प्रहरीले त्यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाउन दुवै पक्षलाई सजग गराएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख बसुन्धरा खड्काका अनुसार उम्मेदवार र मतदाताको सुरक्षामा प्रहरीले पर्याप्त ध्यान दिएको छ ।

प्रकाशित समय: आईतबार ३ फाल्गुण, २०८२, १५:३६:०६
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा
बिहिबार १७ ब‌ैशाख, २०८३
उत्खनन रिपोर्टिङमा खटिएका पत्रकारमाथि धम्की, एफएनजेद्वारा कडा आपत्ति
बिहिबार १७ ब‌ैशाख, २०८३
Tribhuvan University Nepal
त्रिविका पदाधिकारीले राजीनामा दिने
बिहिबार १७ ब‌ैशाख, २०८३
विद्यार्थी संगठन खारेजी निर्णयमा विपक्षीको आपत्ति, तत्काल फिर्ता लिन माग
बिहिबार १७ ब‌ैशाख, २०८३
‘संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ’ – प्रचण्ड
बिहिबार १७ ब‌ैशाख, २०८३
अध्यादेश विवादबीच राष्ट्रपतिको पहल: रामचन्द्र पौडेलले संविधानविदसँग आज परामर्श गर्दै
बिहिबार १७ ब‌ैशाख, २०८३
मध्यपूर्व तनावको असर: कच्चा तेल चार वर्षयताकै उच्च, प्रतिब्यारेल ११९.७६ डलर
बिहिबार १७ ब‌ैशाख, २०८३
अमेरिकी विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै, उच्चस्तरीय भेटघाटको तयारी
बिहिबार १७ ब‌ैशाख, २०८३
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०