नेपाललाई दक्षिण एसियामै आर्थिक रूपमा समृद्ध बनाउनु पर्छ : ज्ञानेन्द्र कार्की

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३ फाल्गुण, २०८२
८ महिनाअघि

इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचन विगतका भन्दा फरक रहेको बताएका छन् । सुनसरी–४ मा आयोजित होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले यो निर्वाचनले मुलुकमा स्थायित्व कायम हुने कि नहुने भन्ने निक्र्यौल गर्ने बताए ।

जनताको भावनअनुसार विकास र समृद्धिको यात्रामा अगाडि बढाउने फैसला यो निर्वाचनले गर्ने बताउँदै चेतनशील र जागरुक मतदाताले सही नेतृत्व चुन्नका लागि मतदान गर्न आग्रह गरे । युगान्तकारी राजनीतिक परिवर्तन गर्नका लागि नेपाली कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरेको बताउँदै कांग्रेसकै कारण दक्षिण एसियामा नेपालमा अभिव्यक्ति स्वतन्त्रता कायम रहेको बताए ।

Advertisement

साथै, उनले दक्षिण एसियामै नेपाललाई आर्थिक समृद्ध बनाउनुपर्ने विचार राखे । त्यसका लागि सुध्रिएको कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री भएर जिम्मेवारी बहन गरिसकेका कार्की कांग्रेसको विशेष महाधिवेशनपछि निवर्तमान केन्द्रीय सदस्य हुन् ।

विशेष महाधिवेशनपछि चयन भएको कांग्रेसको नयाँ नेतृत्वले उनलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा फेरि सुनसरी–४ मा उम्मेदवार बनाएको हो । यहाँबाट नेकपा एमालेबाट जगदिशप्रसाद कुसियैत र नेपाली कम्युनिस्ट पार्टीबाट महमद महफुज अन्सरी उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी–४ का लागि दीपककुमार साह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रेमप्रसाद भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेस नेता कार्की उम्मेदवार रहेको सुनसरी–४ मा १७ जना विभिन्न दलबाट र १६ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा कार्की यही क्षेत्रमा झिनो (११०) मतले निर्वाचित भएका थिए । त्यसअघि २०७४ सालको निर्वाचनमा भने उनी आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा झन्डै सात हजार मतले निर्वाचित भएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०