सुनसरी ३ मा भगवती चौधरीका पक्षमा खुलेर आए महिलाहरू, मत परिवर्तन नगर्ने अडान

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २ फाल्गुण, २०८२
८ महिनाअघि

सुनसरी । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको समय नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) की उम्मेदवार भगवती चौधरीले आफ्नो सक्रियता बढाएकी छन् ।

निवर्तमान सांसदसमेत रहकी चौधरीका पक्षमा जनलहर बढेसँगै उनी यतिबेला आफ्नो निर्वाचन क्षेत्रका जनताबीच सल्लाह सुझावहरू संकलनमा ब्यस्त बनेकी छन् ।

Advertisement

चौधरीको सक्रियतामा शनिबार मात्रै दुहवी नगरपालिका-९ मा ५२ जना महिलाहरूले एकसाथ नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरूलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले समाज रूपान्तरण र महिला सशक्तीकरणका लागि राजनीतिमा महिला सहभागीता अपरिहार्य भएको बताइन् ।

नेकपा एमालेले महिलाहरूको हक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनले जिकिर गरिन् ।

‘नेकपा एमाले विचार सिद्धान्त र जनताको पक्षमा उभिएको पार्टी हो, लैङिक समानता, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्रका पक्षमा उभिएको पार्टी हो । महिलाहरूलाई राज्यका सबै क्षेत्रमा अवसर दिन एमाले प्रतिबद्ध छ ।’ उम्मेदवार चौधरीले भनिन् ।

पार्टी प्रवेश गर्दै महिलाहरूले आफूहरू एमालेले अंगिकार गरेको राष्ट्र, राष्ट्रियता, स्वाधिनता, जाति, वर्ग, समुदायको उत्थानका सिद्धान्त र विचारबाट प्रभावित भएको तथा नेतृ चौधरीले महिला सशक्तीकरणका सवालमा निर्वाह गरेको भूमिकाबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताए ।

त्यसो त, सुनसरी क्षेत्र नं. ३ मा चौधरीप्रति जनताको उत्साहजनक समर्थन रहेको छ । सामाजिक कामसँगै राजनीतिमा उदाएकी चौधरीले साढे तीन वर्ष सांसद तथा करिब ५ महिना मन्त्री भएर आफ्नो क्षेत्रका लागि गरेको कामबाट मतदाता सन्तुष्ट देखिएका छन् ।

निर्वाचन क्षेत्रको इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, गढी तथा बर्जु गाउँपालिकाका गाउँगाउँ जनताका गुनासा र समस्याहरू पहिचान गर्न जाँदै गर्दा मतदाताहरूले सकारात्मक प्रतिक्रियासँगै पुनः एक पटक निर्वाचित गराएर पठाउने प्रतिबद्धता नै व्यक्त गरेपछि उम्मेदवार चौधरी पनि उत्साहित देखिएकी छन् ।

चौधरीले स्थानीय विकासका एजेण्डासँगै उद्यमशीलता, युवा स्वरोजगार र आत्मनिर्भर अर्थतन्त्र जस्ता जनप्रिय एजेण्डाहरू अगाडी सारेकोले यो क्षेत्रका मतदाताहरू मत परिवर्तनको विपक्षमा देखिएको नेकपा एमाले निर्वाचन क्षेत्र नं. ३ परिचालन समितिका संयोजक लिलम बस्नेतले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०