जीवन घिमिरेको प्रतिबद्धतामा प्रचण्डले बनाएको वैजनाथपुर रंगशालाको स्तरोन्नति पनि !

प्रवेश तिम्सिना
शुक्रबार १ फाल्गुण, २०८२
८ महिनाअघि

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा (एमाले) का उम्मेदवार जीवन घिमिरेले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफू प्रदेश सांसद र मन्त्री रहँदा गरेका कामको फेहरिस्त र आगामी ३३ बुँदे योजना प्रस्तुत गरेका हुन् ।

Advertisement

विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिमिरेले यस क्षेत्रको भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

आफूलाई विकासप्रेमी नेताका रूपमा प्रस्तुत गर्दै घिमिरेले प्रतिबद्धता पत्रमा सबैभन्दा चर्चाको विषय बैजनाथपुर रंगशालाको स्तरोन्नतिलाई पनि समावेश गरेका छन् ।

घिमिरेले आफ्नो प्रतिबद्धता पत्रमा वैजनाथपुर रंगशालालाई स्तरउन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखेका छन् । यद्यपि, यो रंगशालाको नामकरण र बजेटलाई लिएर भने राजनीतिक वृत्तमा फरक बहस सुरु भएको छ ।

अघिल्लो सरकारले उक्त रंगशालाको नाम ‘गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला’ राखेको थियो भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी बजेट समेत विनियोजन गरेको थियो ।

तर, घिमिरेको प्रतिबद्धता पत्रमा रंगशालाको नाम ‘वैजनाथपुर’ नै उल्लेख गरिएको छ, जसले उनले अघिल्लो सरकारले गरेको नामकरणलाई स्वीकार नगरेको प्रष्ट देखिन्छ ।

यति मात्र होइन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा उक्त रंगशालाका लागि छुट्याइएको बजेट कार्यान्वयन नगरी कटौती गरिएको भन्दै विपक्षीहरूले आलोचना समेत गर्दै आएका छन् ।

आफ्नो कार्यकालमा नेपालकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना, विद्यालय नर्सिङ कार्यक्रमको सुरुवात र १५ दिनभित्र अत्याधुनिक कोभिड अस्पताल निर्माण गरी हजारौँको ज्यान जोगाएको जस्ता उपलब्धिलाई प्रमुख रूपमा अघि सारेका छन् ।

उनले विराटनगरको सहिद रंगशालामा रात्रिकालीन खेलका लागि फ्लडलाइट जडान, कोशी प्रदेशमा ‘एक पालिका एक खेल मैदान’ र घरेलु हिंसा नियन्त्रण ऐन निर्माणलाई आफ्नो कार्यकालका सफल कार्यका रूपमा प्रस्तुत गरे ।

जेष्ठ नागरिकलाई दन्त उपहार, अपाङ्गता रोकथाम कार्यक्रम र राधाकृष्ण रथयात्रामा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्ने परम्पराको थालनी पनि उनकै पालामा भएको उनले दाबी गरे ।

आगामी योजनामा घिमिरेले कृषि, स्वास्थ्य र पूर्वाधारलाई विशेष जोड दिएका छन् । कटहरी, ग्रामथान र बेलबारीलाई तरकारी पकेट क्षेत्र बनाउने, झोराहाटमा कोल्ड स्टोर निर्माण गर्ने र तमोर–चिसाङ डाइभर्सन परियोजना अघि बढाउने उनको योजना छ ।

यस्तै, बेलबारी, ग्रामथान र कटहरीमा १०० बेडको अस्पताल स्थापना गर्ने, कोशी कोभिड अस्पताललाई पूर्ण क्षमतामा चलाउने र स्वास्थ्य बिमा सुविधालाई पुनः १ लाख रुपैयाँ कायम गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।

पूर्वाधारतर्फ विराटनगर रिङरोडको बाँकी काम पुरा गर्ने, कटहरीमा रेलवे स्टेसन निर्माण गरी रेल सेवा सञ्चालन गर्ने र सुकुम्बासी समस्या समाधानका लागि जग्गा धनीपुर्जा वितरण गर्ने विषयलाई उनले प्राथमिकतामा राखेका छन् ।

भ्रष्टाचार नियन्त्रण, विराटनगरमा आइटी हबको निर्माण र विभिन्न खोलाहरूमा तटबन्धको व्यवस्था गर्ने जस्ता योजनासहित घिमिरेले आफूलाई विकासप्रेमी उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०