त्रिभुवन विमानस्थल आसपास एक महिनासम्म निषेधाज्ञा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० माघ, २०८२
८ महिनाअघि

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा जारी गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएका हुन्।

प्रशासनका अनुसार फागुन १ गते विमानस्थल क्षेत्रमा कार्यक्रम, प्रदर्शन तथा स्वागत र्‍याली गर्नेबारे विभिन्न समूह र राजनीतिक दलले सामाजिक सञ्जालमार्फत आह्वान गरेको पाइएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको हो। राप्रपाका केही नेता तथा दुर्गा प्रसाईंलगायतले पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्कंदा विमानस्थलमा स्वागत गर्ने घोषणा गरेका थिए।

Advertisement

प्रजिअ पौडेलले यस्ता कार्यक्रमका लागि प्रशासनसँग पूर्वस्वीकृति नलिइएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा भीडभाड, प्रदर्शन, धर्ना, जुलुस वा सभा हुँदा तोडफोड, आगजनी, भिडन्त तथा हुलदंगा जस्ता अवाञ्छित गतिविधि हुन सक्ने जोखिम रहेको बताएका छन्। यसबाट अत्यावश्यक सेवा, सार्वजनिक यातायात, सार्वजनिक सम्पत्ति तथा समग्र शान्ति–सुरक्षामा गम्भीर असर पर्न सक्ने प्रशासनको भनाइ छ।

जारी आदेशअनुसार विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल हाताभित्रका सम्पूर्ण सडक, आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतका स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन वा सभा गर्न निषेध गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा (३क) बमोजिम २०८२ माघ २९ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

यद्यपि निषेधाज्ञा लागू गरिएको क्षेत्र बाहेकका स्थानमा संविधानअनुसार नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारप्रति प्रशासन प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०