नेपाली बजारमा सुनचाँदीको मूल्यमा तीव्र वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको छ।
यसअघि आइतबार छापावाल सुन तोलाको ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढ्दै तोलामा ५ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलाको मूल्य ५ हजार १० रुपैयाँ थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।