चितवनको भरतपुर महानगरपालिका–१६ स्थित छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ निवासी २८ वर्षीय कुलबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो।
शुक्रबार साँझ ना ६ ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ३१ प २११४ नम्बरको मोटरसाइकल ठोक्किँदा मगर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।