पार्टीका अगुवा नेता–कार्यकतासँग सुझाव लिँदै मोरङ–२ का उम्मेदवार बगडिया

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ माघ, २०८२
५ महिनाअघि

रतुवामाई । मोरङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार दिलीप बगडियाले एमालेका अगुवा नेता–कार्यकर्तासँग सुझाव लिने क्रम बढाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बगडियाले अग्रज नेता–कार्यकर्ता तथा आम मतदातासँग सुझाव संकलन गर्ने क्रमलाई तीव्रता दिएका हुन् ।

Advertisement

रतुवामाई नगरपालिका–३ मा बिहीबार आयोजित सम्पर्क कार्यालय स्थापना कार्यक्रममा बगडियाले अग्रज नेता कार्यकर्ताहरूसँग उनले सुझाव लिएका हुन् ।

पूर्वमन्त्री लालबाबु पण्डित र एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज ऋषिकेश पोखरेललगायत नेता उपस्थित एमाले रतुवामाई–३ को वडा भेलामा उनले सुझाव लिएका थिए ।

कार्यक्रममा बोल्दै बगडियाले मतदाताले आफ्नो जित पक्का भएको बताएका कारण आफू निर्धक्क भएको सुनाए ।

रंगेलीलाई नमूना सहर बनाएको स्मरण गराउँदै उनले यस क्षेत्रमा पर्ने २९ वटै वडामा समान विकास गर्ने कुरा दोहोर्‍याए ।

आएको रंगेली नगरपालिकाको प्रमुख पद उपप्रमुखलाई सुम्पिएर उनी चुनावी मैदानमा होमिएका हुन् ।

आगामी फागुन २१ गते हुने चुनावको तयारीस्वरूप बगडियाले आफ्नो क्षेत्रभरिका आममतदाताका साथै पार्टी, भातृ अनि जनवर्गीय संगठनको भेला तथा छलफललाई तीव्रता दिएका छन् ।

तीव्र रूपमा छलफल र भेलामा सक्रिय रहेका बगडियाले यस क्रममा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पालिकाका वडाहरूमा पुगेर चुनावी तयारी र रणनीतिबारे भलाकुसारी गरिरहेका छन् ।

पार्टीका अगुवा र नागरिक समाजसँग छलफल थालेका बगडियाले स्थानीय रूपमा सम्बोधन गर्नुपर्ने विकासका मुद्दा तथा जनअपेक्षाका विषयमा पनि विचार विमर्श गर्ने गरेका छन् ।

जनचाहनाअनुसार आफू अघि बढ्न र विकासलाई गति दिनकै लागि आफू उम्मेदवार बनेको बताउने अग्रवालले जनतासँग छलफल गरेर क्षेत्रगत योजना बुन्न थालेका छन् ।

उनले स्थानीय सडक, पुल–पुलेसा, सिँचाईलगायत विषयमा उठेका मुद्दाहरूमा समेत छलफल गरी समस्या समाधानमा आफूले दर्बिलो ढंगले पहल लिने प्रतिबद्धता जनाउने गरेका छन् ।

करिब आठ वर्षजति नगरपालिकाको नेतृत्व गर्दा उनले मोरङको पुरानो सदरमुकामको साख पुरानै लयमा फर्काउने सफल प्रयास गरेका थिए ।

नगर फेर्न सफल बनेका बगडिया अहिले उक्त जिम्मेवारी नगरउपप्रमुखलाई सुम्पिँदै निर्वाचन क्षेत्रकै मुहार फेर्न तम्सिएका छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०