मोरङ ४ : घट्दो जनविश्वासबाट गुज्रिरहेका मोदीलाई चुनौतीको चाङ

माधव काफ्ले
शुक्रबार २४ माघ, २०८२
५ महिनाअघि

विराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धन गरेर अमनलाल मोदीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा लगातार दुई जित दर्ता गराए । २०७४ सालको निर्वाचनमा एमालेसँग एकता गरेर बनेको नेकपाबाट चुनाव लडेका मोदीले कांग्रेसका महेश आचार्यलाई हराए । २०७९ सालमा भने कांग्रेससँग गठबन्धन गरी एमालेका विनोद ढकाललाई पराजित गरेका मोदीले केही समय सामान्य प्रशासन मन्त्रालयसमेत हाँक्ने अवसर पाए । त्यसअघि २०७० सालको दोस्रो संविधानसभामा समानुपातिक संसद निर्वाचित बनेका मोदी यसपालि पनि चुनावी दौडमा छन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ¬–४ मा मोदीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएका छन् । एक्लाएक्लै दलहरू चुनावी प्रतिस्पर्धामा उत्रिँदा मोदीसँग तीनवटा कुराको अभाव छ । एउटा हो, गठबन्धनबिहीन । दोस्रो घट्दो जनविश्वास अनि तेस्रो नयाँ दलको प्रभावशाली आगमनबाट गुमेको ‘आत्मविश्वास’ ।

Advertisement

तत्कालीन माओवादीले २०७४ मा एमालेसँग र ७९ मा कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्दा मोदीलाई दुई पटक नै चिट्ठा परेको जस्तो बुझिन्थ्यो । तर, यसपालि भने मोदीलाई चुनावमा अफ्ठेरो पर्ने देखिएको छ । एकातिर बिनागठबन्धन चुनावमा जानु परेको छ भने अर्कोतिर नेपालभरि वैकल्पिक पार्टीको खोजी भइरहेको बेला मोदीकै क्षेत्रमा उनको खासै चर्चा सुनिँदैन । खासगरी तीन पटक सांसद भइसक्दा पनि जनताको मुद्दा नसुनेको गुनासो आम मतदातामा कायमै छ ।

दुई चोटी सांसद भएका मोदीको संसदीय छवी पनि खासै राम्रो मानिँदैन । संसदमा उनको हाजिरी न्यून रहेको बुझिन्छ भने उनी सार्वजनिक लेखा समितिमा हुँदा उच्च भोल्टेज विद्युत प्रसारण लाइन सार्न मद्दत गर्न पाँच लाख घुस मागेको आरोप पनि लाग्यो । यसका साथै उनले कुलमान घिसिङमाथि पनि राजनीतिक हमला गरेको आरोप लागेको छ । कुलमान घिसिङ महानिर्देशक हुँदा उनीमाथि बिनाकुनै प्रमाण भ्रष्टाचार गरेको आरोप लगाएका थिए । जुन कुरा पछि पुष्टि हुन नसकेपछि देशभरि नै उनको विरोध भएको थियो ।

मोदी सांसद हुँदा स्थानीय समस्याभन्दा पनि केबल भाइरल हुन बेतुके प्रश्न गर्ने गरेको पाइन्छ । उनले संसदबाट नेपालले आणविक बम बनाउने योजना छ कि छैन भनेर रक्षामन्त्रीलाई सोध्दा उनको क्षेत्रका किसानहरू मल नपाएर भौतारिरहेका थिए । यसरी हेर्दा उनलाई किसान र आफ्नो क्षेत्रको जनताहरूको समस्या भन्दा हिट र भाइरल हुन संसदमै स्टन्ट गर्ने गरेको भनेर मान्छेहरूले भन्ने गरेका छन् । सदनकै कुरा गर्दा मोदी संसदको कुर्सी तोड्ने सांसदमध्येका एक हुन् ।

२०७१ माघ ६ गते संविधान सभा बैठक एकाएक रण मैदानमा परिणत हुँदा मोदीसहितका सांसदले कुर्सी तोड्ने र माइक फोड्ने जस्ता लज्जास्पद काम गरेका थिए । त्यीमध्येका एक थिए, मोदी । जो त्यतिबेला २८ वर्षको उमेरमा संविधानसभा सदस्य बनेका थिए ।

मोदीका सानाठुला जस्ता विवाद भए पनि सो क्षेत्रका स्थानीय उनलाई नजिकका नेता मान्छन् । यसको कारण एउटै मात्र छ, मर्दा–पर्दा उनी पुगिदिन्छन् । कसैका लागि बोलिदिन्छन् । यति सांसद बन्न यतिले पुग्दैन । बरु, संसदमा आफूहरूका समस्या राखिदिने र समाधानका लागि पहल गरिदिनुपर्छ भन्ने सचेत आम मतदाताले बुझेका छन् ।
अनि, अर्को कुरा । मोदीको पकड क्षेत्र भनेको ग्रामथान हो । तर, यसपटक भने मोदीको ‘गाउँ प्रभाव’ ग्रामथान गाउँपालिकाको उपनिर्वाचनपछि खस्किएको छ ।

गाउँपालिका अध्यक्षमा नमोनारायण माझीलाई जिताउन अहम् भूमिका निभएका मोदीलाई उक्त जित ‘गलपासो’ नै साबित भएको छ । निर्वाचित भएर गएपछि नमोनारायणले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो चुलिँदो छ । विकासको नाममा सिन्को पनि नभाँचेका अध्यक्ष माझी पटक–पटक उपाध्यक्षसहितका वडाध्यक्षहरूसँग झगडिन्छन्, अड्डा–अदालत धाइरहने बाटो खोजिरहन्छन् ।

उनी न आफूलाई जिताउने मोदीको कुरा सुन्छन् न त स्थानीय अरू नेता–भद्रको नै । अझ, तेतरिया बजारको बस्ती हटाउने कुरामा माझीले एक्लौटी अडान लिँदा मोदीसमेत विवादमा मुछिएको अझै स्थानीयले बिर्सिएका छैनन् । यी र यावत कारण माझीसहित नेकपाप्रति नै ग्रामथानका स्थानीय रुष्ट छन् । त्यो रुष्टताले निर्वाचनमा मोदीलाई अफ्ठेरोमा पार्ने निश्चितप्रायः नै छ । यसै पनि ग्रामीण भेगको मत बाँडिने र त्यसको फाइदा एमाले–कांग्रेसका उम्मेदवारलाई हुने पक्कापक्की छ । यसै क्षेत्रमा पर्ने विराटनगरबाट मोदीले पुरानै मत गुमाउने सम्भावना बलियो छ । हिजो गठबन्धनको बलमा जितेका मोदीले यस पटक आफ्नै व्यक्तिगत प्रभावले चुनाव जित्छन् वा दुई घिमिरेले उहाँको यात्रामा ब्रेक लगाउँछन्, त्यसका लागि निर्वाचनको परिणाम कुर्नुपर्ने हुन्छ ।

मोदीसँगै चुनावी मैदानमा कांग्रेसका महामन्त्रीसमेत रहेका गुरुराज घिमिरे, नेकपा एमालेका जीवन घिमिरे अनि रास्वपाका सन्तोष राजवंशी चुनावी मैदानमा छन् । २०७९ सालको निर्वाचनमा पाँच हजार मत कटाएका रास्वपाका नेत्रप्रसाद शिवाकोटीलाई साथ लिएर पत्रकारिता छोडेका राजवंशी पनि चुनावमा होमिएपछि रोचकता थपिएकै छ । रास्वपाको बढ्दो जनलहरले मत विभाजनमा उल्लेख्य काम गर्नेमा कुनै दुईमत छैन ।

यता, कांग्रेसका गुरुराज र एमालेका जीवन पार्टीमा राम्रो स्थान हासिल गरेका नेता मानिन्छन् । तर, दुबैको अघिल्लो निर्वाचन सम्झनलायक रहेन । उनीहरू दुवैले २०७९ को चुनावमा प्रदेशसभातर्फ पराजय बेहोरेका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरुराज र एमाले केन्द्रीय सदस्य बनेका जीवन दुवै नेता यस पटक मोदीको किल्ला भत्काएर आफ्नो राजनीतिक साख फर्काउने दाउमा छन् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०