आज विश्व क्यान्सर दिवस: नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २२ माघ, २०८२
३ महिनाअघि

काठमाडौं– विश्व क्यान्सर (अर्बुद) विरुद्धको दिवस आज नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ मा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि क्यान्सरविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार विश्वभर हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । धूमपान, सुर्तीजन्य पदार्थको सेवन, जाँडरक्सी, अस्वस्थ जीवनशैली तथा प्रदूषण क्यान्सरका प्रमुख कारण मानिन्छन् ।

नेपालमा मात्रै हरेक वर्ष झन्डै २६ हजारदेखि ३० हजारसम्म नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन् । चिकित्सकहरूका अनुसार समयमै क्यान्सरको पहिचान र उपचार गर्न सके यसबाट हुने जटिलता तथा मृत्युदर घटाउन सकिन्छ ।

नेपालमा बढी देखिने क्यान्सरमध्ये फोक्सो, स्तन, आमाशय, आन्द्रा र पाठेघरका क्यान्सर प्रमुख रहेका छन् । यसबाहेक मुख तथा शरीरका अन्य अंगहरूमा पनि क्यान्सर देखिने गरेको छ ।

चिकित्सकहरूले धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नगर्न, स्वस्थ जीवनशैली अपनाउन तथा नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दै आएका छन् । विश्व क्यान्सर दिवसका अवसरमा सरकारी तथा गैरसरकारी संस्थाहरूले विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।

प्रकाशित समय: बुधबार २२ माघ, २०८२, ०९:२५:२१

सम्बन्धित खबर

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

बुधबार १६ ब‌ैशाख, २०८३
१३ घण्टाअघि

मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू

बुधबार १६ ब‌ैशाख, २०८३
१४ घण्टाअघि

कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत

बुधबार १६ ब‌ैशाख, २०८३
१५ घण्टाअघि

पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
१६ घण्टाअघि

कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

बुधबार १६ ब‌ैशाख, २०८३
१६ घण्टाअघि

रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र

बुधबार १६ ब‌ैशाख, २०८३
१६ घण्टाअघि
ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै ‘भरौटे’ले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
बुधबार १६ ब‌ैशाख, २०८३
मालपोत सेवा सुधारमा नयाँ पहल: मन्त्री रावलद्वारा डिजिटल अनुगमन प्रणाली लागू
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस राष्ट्रिय सभा सचेतकमा परियार मनोनीत
बुधबार १६ ब‌ैशाख, २०८३
पूर्णबहादुरको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
कान्छारामलाई जिल्ला सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय
बुधबार १६ ब‌ैशाख, २०८३
रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन: शासन सुधारदेखि सुकुम्बासी व्यवस्थापनसम्म १२ बुँदे मार्गचित्र
बुधबार १६ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलमा नयाँ जिम्मेवारी: वासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक नियुक्त
बुधबार १६ ब‌ैशाख, २०८३
२४ घण्टामा २,७२२ चालक कारबाहीमा, २७ लाख बढी राजस्व सङ्कलन
बुधबार १६ ब‌ैशाख, २०८३
महावीर पुनको सम्पत्ति : २८ रोपनी जग्गा,३ तोला सुन र २९ लाख नगद
बुधबार १६ ब‌ैशाख, २०८३
दुई सातामै फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
बुधबार १६ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०