नेप्से सामान्य सुधारमा फर्कियो, कारोबार रकम घटेर आठ अर्बमा खुम्चियो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० माघ, २०८२
४ महिनाअघि

काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से १.५३ अंकले वृद्धि हुँदै २,६९५.७३ बिन्दुमा पुगेको हो। यसअघि लगातार दुई कारोबार दिन नेप्से क्रमशः १९ र १७ अंकले घटेको थियो।

गत साता १४ अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार रकममा भने पछिल्ला दिनहरूमा निरन्तर गिरावट देखिएको छ। सोमबार एक करोड ७५ लाख सात हजार कित्ता सेयर आठ अर्ब २२ करोड ३९ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएका छन्।

नेप्सेमा सूचीकृत १३ समूहहरूमध्ये पाँच समूहको सूचक बढेको छ भने बाँकी आठ समूह घटेका छन्। होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतभन्दा बढीले बढेका छन्। त्यस्तै विकास बैंक, निर्जीवन बिमा र व्यापार समूहमा एक प्रतिशतभन्दा कमको वृद्धि देखिएको छ।

घटेका आठै समूहको सूचक भने एक प्रतिशतभन्दा कमले ओरालो लागेको छ।

सोमबारको कारोबारमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार उर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिथिला लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

प्रकाशित समय: सोमबार २० माघ, २०८२, १५:५२:२४
भारतको औपचारिक भ्रमणमा जाँदै रवि लामिछाने
आईतबार १० जेठ, २०८३
डा.ल्हारक्याल लामा‘महासद्धम्म जोतिकधज’ उपाधिबाट सम्मानित
आईतबार १० जेठ, २०८३
धनगढीमा कांग्रेस देउवा पक्षको प्रदेश स्तरीय भेला सुरु
आईतबार १० जेठ, २०८३
फिर्केखोलामा बनेका संरचना आजदेखि हटाइँदै
आईतबार १० जेठ, २०८३
सभापति थापालाई मोहन बस्नेतको चेतावनी,वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाट निकाल्न नपरोस्
शनिवार ९ जेठ, २०८३
चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन
शनिवार ९ जेठ, २०८३
जमुनाहा–नेपालगन्ज–चिसापानी सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन अल्टिमेटम
शनिवार ९ जेठ, २०८३
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण ठूलो क्षति, सडक र पुल बगे
शनिवार ९ जेठ, २०८३
लुम्बिनीका मुख्यमन्त्री र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता
शनिवार ९ जेठ, २०८३
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
शनिवार ९ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०