एजेन्सी – गाजाको खान युनिसस्थित विस्थापितहरू बसिरहेका टेन्टहरूमा इजरायली सेनाले हेलिकोप्टरमार्फत हवाई हमला गर्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ। हमासको सिभिल डिफेन्स एजेन्सीका अनुसार मृतकमध्ये महिला र बालबालिका पनि रहेका छन्।
प्यालेस्टिनी पक्षले यो आक्रमणलाई यस महिनाको सुरुवातमा लागू भएको संघर्षविरामको दोस्रो चरणपछि भएको सबैभन्दा ठूलो हमला भनेको छ। इसराइली सेनाले भने हमासतर्फबाट संघर्षविराम उल्लंघन भएको आरोप लगाउँदै जवाफी कारबाही गरिएको जनाएको छ।
यसबीच, दुवै पक्षले एक–अर्कामाथि संघर्षविराम उल्लंघन गरेको आरोप जारी राखेका छन्।