काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ। शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार घटनामा चोरीको आशंका गरिएको छ र सोही कोणबाट अनुसन्धान अघि बढाइएको छ। बालेन हाल झापा–५ बाट चुनाव लडेका नेता हुन् र अहिले चुनावी प्रचारका लागि कर्णाली पुगेका छन्।
घटनाका बेला घरमा को–को थिए, कुनै सामान चोरी भयो वा भएन भन्ने विषयमा थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।