चालु आवको छ महिनामा वीरगञ्ज नाकाबाट ११ अर्ब ५७ करोडको खाद्य पदार्थ आयात

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १८ माघ, २०८२
९ महिनाअघि

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाका हुँदै १६ थरिका खाद्य पदार्थ रु ११ अर्ब ५७ करोड मूल्यमा आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको पहिलो छ महिनामा खाद्य पदार्थको आयातमा रु २१ करोडको गिरावट आएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार अघिल्लो आवको तुलनामा यस वर्ष खाद्य पदार्थको आयातमा सामान्य कमी देखिएको हो।

Advertisement

गत आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाका हुँदै १६ थरिका खाद्य पदार्थ रु ११ अर्ब ७८ करोड मूल्यमा आयात भएको थियो।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु ५ अर्ब ६८ करोड मूल्य बराबरको १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ। जबकि, गत आर्थिक वर्षको सोही अवधिमा रु ६ अर्ब ९ करोड मूल्यको धान आयात भएको थियो।

यस्तै, चालु आवको पहिलो छ महिनामा रु ३ अर्ब ४१ करोड मूल्यको मकै आयात भएको छ। त्यस्तै रु १ अर्ब ६१ करोड मूल्यको चामल र रु ३३ करोड मूल्यको माल्ट आयात गरिएको छ।

यस अवधिमा रु २३ करोड ७३ लाख मूल्य बराबरको फापर, कोदो तथा अन्य खाद्यान्न पनि आयात भएको भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०