धनकुटामा बस दुर्घटना, ६ जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ माघ, २०८२
३ महिनाअघि

धनकुटा। कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमाना पर्ने त्रिशुलेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेमा तेह्रथुमको लालिगुराँस नगरपालिका–२ का ५३ वर्षीय रेवान्तकुमार कामी, २३ वर्षीय रविन लिम्बू, २२ वर्षीय राज लिम्बू, धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ की २८ वर्षीया मुना रुचाल, उनका ५ वर्षीय छोरा निक्खि रुचाल तथा सुनसरीको धरान उपमहानगरपालिका–५ की ४७ वर्षीया चन्द्रकला लिम्बू रहेका छन्।

धनकुटा प्रहरीका प्रवक्ता ज्ञानकुमार महतोका अनुसार बसमा १५ जना यात्रु सवार थिए, जसमध्ये ६ जना घाइते भएका हुन्।

घाइतेहरूको उद्धार गरी धनकुटा–१ स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित समय: शुक्रबार १७ माघ, २०८२, १४:५५:२८

सम्बन्धित खबर

२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला
बुधबार २ ब‌ैशाख, २०८३
कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग
बुधबार २ ब‌ैशाख, २०८३
नागरिक एप अपडेट: अब लोक सेवा प्रवेशपत्र डाउनलोडदेखि ओपीसीआर ट्र्याकिङसम्म सुविधा
बुधबार २ ब‌ैशाख, २०८३
म्यादीको पोसाक खरिदमा ६० करोड अनियमितता आरोप
बुधबार २ ब‌ैशाख, २०८३
समिति सभापति चयनअघि रास्वपाको संसदीय दल बैठक आज
बुधबार २ ब‌ैशाख, २०८३
नेपाल–बेलायतबीच शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल
बुधबार २ ब‌ैशाख, २०८३
‘बफर स्टेट’ शब्दप्रति ज्ञवालीको आपत्ति, कूटनीतिक भाषामा सावधानी अपनाउन सुझाव
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०