मोरङको रंगेलीमा नक्कली नेपाली रुपैयाँ चलाएको आरोपमा दुई जना पक्राउ

नवीन भट्टराई
बिहिबार १६ माघ, २०८२
८ महिनाअघि

विराटनगर– मोरङको रंगेली नगरपालिका–२ बेतौनामा नक्कली नेपाली रुपैयाँ चलाएको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४५ वर्षीय सहमद हुसेन र ४३ वर्षीय महेन्द्र मेहता रहेका छन्।

प्रहरीका अनुसार हुसेनले माघ १३ गते साँझ बेतौनास्थित एक डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा एक हजार रुपैयाँको नक्कली नोट प्रयोग गरेका थिए। त्यसपछि उनले उज्जल ढकालको किराना पसलमा उधारो तिर्न अर्को हजारको नक्कली नोट दिएका थिए। नोट कागजजस्तो देखिएपछि पसलेहरूलाई शंका लागेर प्रहरीलाई खबर गरिएको थियो।

Advertisement

मोरङ प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा हुसेनले प्रयोग गर्दै आएको प्रदेश १–०१–००४ ह ०६३७ नम्बरको सिटी सफारीको सिटमुनि थप पाँच थान नक्कली नोट फेला परेको थियो। त्यसपछि हुसेनको बयानका आधारमा रंगेली–२ कमलझोडास्थित महेन्द्र मेहताको घरमा खानतलासी गर्दा थप नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै जनाको साथबाट जम्मा ९ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट बरामद गरिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान गरिरहेको डीएसपी चौधरीले जानकारी दिए।

सीमावर्ती जिल्ला मोरङमा पछिल्लो समय नक्कली नोटका घटना बढ्दै गएका छन्। यसअघि काठमाडौँमा जुत्ता खरिदको क्रममा फेक करेन्सीको सञ्जालसम्म प्रहरी पुगेको थियो, जसमा नेपाल–भारत सीमापारबाट नक्कली नोट छापेर पठाउने समूहका मुख्य योजनाकार पक्राउ परेका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
२ दिनअघि

कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा

बिहिबार ८ असोज, २०८३
३ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०