सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा प्रतिनिधिसभा निर्वाचन सुरक्षामा कडा निर्देशन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ माघ, २०८२
६ महिनाअघि

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी कार्य गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न कार्यालय प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यसहित प्रभावकारी रूपमा काम गर्न जोड दिएका छन्।

Advertisement

उनले उच्च व्यावसायिक प्रदर्शन गर्न र निर्वाचन लक्षित सुरक्षा कारबाहीलाई तीव्र रूपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका छन्। कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डर माथि तत्काल कारबाही गरिने चेतावनी दिँदै उनले सबैलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।

महानिरीक्षक अर्यालले कमाण्डको जिम्मेवारीमा खटिन लागेका अधिकृतले पदीय जिम्मेवारीमा रहँदा बदमासी गरेमा तत्काल कारबाही हुने स्पष्ट पारेका छन्। निर्वाचन सफल बनाउन मातहत कर्मचारीले निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्दै परिचालित हुनुपर्ने उनको निर्देशन रह्यो।

साथै उनले सङ्गठनले लिएको नीति अनुसार कार्यक्षेत्रमा सक्रियताका साथ परिचालन हुनुपर्नेमा जोड दिंदै, राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बलका सम्पूर्ण इकाइलाई आर्थिक पारदर्शिता कायम राख्दै भ्रष्टाचारमा शून्य सहनशीलताका साथ कार्य गर्न निर्देशन दिँदै, सीमामा खटिँदा गस्ती, पेट्रोल र अप्रेशनल कामकारबाही थप प्रभावकारी बनाइराख्न आग्रह गरे।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०