दोस्रो पटक म्याद थप्दा निर्वाचन प्रहरीका लागि ४९३ आवेदन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ माघ, २०८२
७ महिनाअघि

धनकुटा, माघ १२ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक संख्यामा निर्वाचन प्रहरीको आवेदन नपुगेपछि दोस्रो पटक म्याद थप गरिएकोमा ४९३ जनाले दरखास्त दिएका छन्।

धनकुटामा निर्वाचन सुरक्षाका लागि कुल १ हजार ८५ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा पहिलो चरणमा कोटा अनुसार आवेदन नपरेपछि म्याद थप गरिएको थियो। पुस २५ गतेदेखि माघ १ गतेसम्म खुला गरिएको दरखास्तमा पर्याप्त आवेदन नपरेपछि पहिलो पटक माघ ३ गतेसम्म म्याद थपिएको थियो। उक्त अवधिमा १ हजार १८ जनाको मात्र आवेदन परेको थियो।

निवेदन परेका सबैलाई छनौट गर्दा पनि ६७ जना अपुग रहेको र आवेदन दिएका कतिपय व्यक्ति सम्पर्कमा नआउँदा करिब १ सयभन्दा बढीको कमी भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी इन्सपेक्टर किशोर तामाङले जानकारी दिए।

माग अनुसार आवेदन नपुगेपछि पुनः माघ १० र ११ गते दोस्रो पटक म्याद थप गरी सूचना जारी गरिएको थियो। सो अवधिमा ४९३ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएको तामाङले बताए।

दोस्रो पटक म्याद थपिएपछि मागभन्दा बढी आवेदन परेकाले सोमबारदेखि छनौट प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निर्वाचन प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ, इलाका प्रहरी कार्यालय छिन्ताङ तथा इलाका प्रहरी कार्यालय राजारानीबाट आवेदन संकलन गरिएको थियो।

प्रकाशित समय: सोमबार १३ माघ, २०८२, १७:००:१८

सम्बन्धित खबर

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
२ घण्टाअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
१२ घण्टाअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
१२ घण्टाअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ दिनअघि

भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम

मङ्गलबार ९ भदौ, २०८३
२ दिनअघि

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

मङ्गलबार ९ भदौ, २०८३
२ दिनअघि
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०