कांग्रेसको मधेस सभा स्थगित, नयाँ मिति पछि तय हुने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ माघ, २०८२
३ महिनाअघि

जनकपुर। नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा आयोजना गर्ने घोषणा गरेको मधेस सभा स्थगित भएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेपछि निर्वाचन आयोगले फागुन ४ गतेअगाडि कुनै पनि प्रकारका सभा, जुलुस तथा प्रचारप्रसार गर्न नपाइने स्पष्ट पारेपछि कांग्रेसले कार्यक्रम सार्ने निर्णय गरेको हो।

यसअघि कांग्रेस सभापति गगन थापासहित शीर्ष नेताहरू माघ ११ गते मधेस प्रदेशका विभिन्न जिल्लामा जाने र माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने कार्यक्रम तय गरिएको थियो। तर आचारसंहिता लागू भइसकेको अवस्थामा सार्वजनिक सभा गर्न नमिल्ने भएपछि पार्टीले सभा स्थगित गरेको हो।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिनदेखि नै आचारसंहिता लागू गरेको थियो। आयोगका अनुसार उम्मेदवारहरूले मनोनयन दर्ता गरेपछि तोकिएको मौन अवधिअघिसम्म कुनै पनि किसिमको प्रचारप्रसार, सभा वा प्रदर्शन गर्न पाउने छैनन्। प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता माघ ६ गते सम्पन्न भएको थियो।

कांग्रेसका एक नेताले निर्वाचन प्रक्रिया र कानुनी बाध्यताका कारण मधेस सभा तत्कालका लागि रोकिएको जानकारी दिँदै सभाको नयाँ मिति निर्वाचन कार्यक्रमसँग नजुध्ने गरी आन्तरिक छलफलपछि तय गरिने बताए। उनले मधेस सभालाई कांग्रेसका लागि राजनीतिक रूपमा महत्वपूर्ण कार्यक्रमको रूपमा लिइएको र उपयुक्त समय आएपछि पुनः आयोजना गरिने स्पष्ट पारे।

प्रकाशित समय: आईतबार १२ माघ, २०८२, ०९:०४:०४

सम्बन्धित खबर

सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा

शुक्रबार १८ ब‌ैशाख, २०८३
३३ minutes

‘लुटतन्त्र अन्त्य गरी सुशासन कायम गर्ने सरकारको लक्ष्य’ — अर्थमन्त्री वाग्ले

शुक्रबार १८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

आज देशभरका ओपिडी सञ्चालन गर्न सरकारको निर्देशन

शुक्रबार १८ ब‌ैशाख, २०८३
३ घण्टाअघि

आङ सान सुकीलाई हिरासतबाट नजरबन्दमा सारिँदै , अन्तर्राष्ट्रिय दबाब कम गर्ने संकेत

शुक्रबार १८ ब‌ैशाख, २०८३
४ घण्टाअघि

हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह

शुक्रबार १८ ब‌ैशाख, २०८३
४ घण्टाअघि

बल्खु क्षेत्रमा पनि चल्यो डोजर: अनाधिकृत बस्ती हटाउने अभियान सुरु

शुक्रबार १८ ब‌ैशाख, २०८३
४ घण्टाअघि
सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन : सभापति थापा
शुक्रबार १८ ब‌ैशाख, २०८३
अफ्रिकासँग व्यापार बढाउन चीनको ठूलो कदम: ५३ देशका लागि शून्य–ट्यारिफ घोषणा
शुक्रबार १८ ब‌ैशाख, २०८३
‘लुटतन्त्र अन्त्य गरी सुशासन कायम गर्ने सरकारको लक्ष्य’ — अर्थमन्त्री वाग्ले
शुक्रबार १८ ब‌ैशाख, २०८३
आज देशभरका ओपिडी सञ्चालन गर्न सरकारको निर्देशन
शुक्रबार १८ ब‌ैशाख, २०८३
आङ सान सुकीलाई हिरासतबाट नजरबन्दमा सारिँदै , अन्तर्राष्ट्रिय दबाब कम गर्ने संकेत
शुक्रबार १८ ब‌ैशाख, २०८३
हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रधानमन्त्री शाह
शुक्रबार १८ ब‌ैशाख, २०८३
बल्खु क्षेत्रमा पनि चल्यो डोजर: अनाधिकृत बस्ती हटाउने अभियान सुरु
शुक्रबार १८ ब‌ैशाख, २०८३
समाचार संकलनकै क्रममा धम्की, ओटिजेएले उठायो आवाज
बिहिबार १७ ब‌ैशाख, २०८३
सहकारी ठगीमा कडाइ: सम्बन्धविच्छेदपछि पनि परिवारकै सम्पत्ति जफत हुने व्यवस्था
बिहिबार १७ ब‌ैशाख, २०८३
राष्ट्रपति पौडेलद्वारा सहकारी अध्यादेश जारी, अन्यमा परामर्श जारी
बिहिबार १७ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०