मोरङका ६ क्षेत्रमा एक सय १८ जनाको उम्मेदवारी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ७ माघ, २०८२
६ महिनाअघि

माधव काफ्ले, विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङका ६ वटा क्षेत्रमा एक सय १९ जनाको उम्मेदवारी दर्ता भएको छ । आउँदो फागुन २१ गते हुने चुनावका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा एक सय १९ जनाले उम्मेदवारीको मनोनयन दर्ता गराएका जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मंगलबार ६ वटा निर्वाचन अधिकृतको कार्यालयमा मुख्य राजनीतिक दल र स्वतन्त्र गरी कुल ११९ जनाले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा सहज र शान्तिपूर्ण रूपमा मनोनयन दर्ता कार्य सम्पन्न भएको कोशी प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख चोलाराज दंगालले जानकारी दिए । कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७ जना, क्षेत्र नम्बर ३ मा २१ जना, क्षेत्र नम्बर ४ मा २१ जना, क्षेत्र नम्बर ५ मा २२ जना र क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

Advertisement

१ लाख २८ हजार ५४५ मतदाता रहेको मोरङ क्षेत्र नम्बर १ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका तर्फबाट खड्ग फागो, नेकपा एमालेबाट घनश्याम खतिवडा, नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसाद साम्बा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन् । १८ जना उम्मेदवारमध्ये ५ जना स्वतन्त्र रहेका छन् । गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका थिए । त्यसबेला उनले एमालेका घनश्याम खतिवडालाई पराजित गरेका थिए । त्यसअघि २०७४ को निर्वाचनमा भने उनै डिगबहादुर घनश्यामसँग पराजित भएका थिए ।

यसैगरी १ लाख २९ हजार १ सय ८४ मतदाता रहेको क्षेत्र नम्बर २ मा १७ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, एमालेबाट दीलिप बगडीया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की चुनावी मैदानमा उत्रिएका छन् । ४ जना स्वतन्त्रसहित यहाँ कुल १७ जनाको उम्मेदवारी परेको छ । गत निर्वाचनमा यस क्षेत्रबाट ऋषिकेश पोखरेलले कांग्रेसकी सुजता कोइरालालाई हराएका थिए । त्यसअघिको निर्वाचानमा भने डा. रिजालले पोखरेलमाथि विजयी हात पारेका थिए ।

निर्वाचन क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै मतदाता रहेका क्षेत्र नम्बर ३ मा २१ जनाको उम्मेदवारी परेको छ । १ लाख ५८ हजार ५७ मतदाता रहेको मोरङ ३ मा ७ जना स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको छ । यहाँ कांग्रेसबाट डा. सुनिल शर्मा, एमालेबाट इरान राई, नेपाली कम्युनिस्ट पार्टीबाट डा। देवेन्द्र साम्बाहाम्फे र रास्वपाबाट गणेश कार्की उम्मेदवार बनेका छन् । यसअघिको निर्वाचनमा पनि यहाँबाट डा। शर्मा नै विजयी भएका थिए ।

१ लाख १९ हजार २५५ मतदाता रहेको क्षेत्र नम्बर ४ मा क्षेत्र नम्बर ४ मा २१ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा रोचक भिडन्त हुने देखिएको छ । यो क्षेत्रमा निवर्तमान सांसद अमनलाल मोदीसहित ‘हेभीवेट’ नेताहरूले चुनावी प्रतिस्पर्धा रोजेका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट मोदीका साथै नेपाली कांग्रेसका गुरुराज घिमिरे, नेकपा एमालेका जीवन घिमिरेले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् ।

यसअघि २०७४ सालको निर्वाचनमा एमालेसँग एकता गरेर कांग्रेसका महेश आचार्यलाई पराजित गरेका मोदीले २०७९ सालको निर्वाचनमा कांग्रेससँग चुनावी गठबन्धन गरेर एमालेका विनोद ढकाललाई पराजित गरेका थिए । अब, यसपालि भने मोदी, जीवन र गुरुराजबीच त्रिकोणात्मक भिडन्त हुने देखिएको छ भने सँगसँगै रास्वपाका सन्तोष राजवंशी र ४ जना स्वतन्त्रसहित २१ जनाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी, क्षेत्र नम्बर ५ मा २२ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा बढी उम्मेदवारी परेको यस क्षेत्रमा कांग्रेसबाट फुलकुमार लालवानी, एमालेबाट मनोज अग्रवाल र नेपाली कम्युनिस्ट पार्टीबाट शिवकुमार मण्डल मैदानमा छन् । यस्तै, राष्ट्रिय ऊर्जाशील पार्टीका तर्फबाट योगेन्द्र मण्डल र रास्वपाबाट आशा झाले उम्मेदवारी दिएका छन् । १ लाख १० हजार १७७ मतदाता रहेको यस क्षेत्रमा कुल २२ जनाको उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ ।

कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को निर्वाचनमा पनि उनी यहीँबाट विजयी भएका थिए । यसपटक उनलाई एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र राय र रास्वपाकी रुविना आचार्यले चुनौती दिँदैछन् । यहाँ कुल २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मनोनयन दर्तासँगै मोरङमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । निर्वाचन आयोगले अब उम्मेदवारहरूको दाबी विरोध र छानबिनको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु
सोमबार २९ असार, २०८३
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०