जनक मेमोरियलकी छात्रा दिया बनिन् ‘कवियत्री आइडल’, गुञ्जिए कवि र विद्यार्थीहरू

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ मङ्सिर, २०८२
८ महिनाअघि

झोराहाट । ग्रामथानमा उत्कृष्ट कहलिएको जनक मेमारियल बोर्डिङ स्कुलकी छात्रा दीया खतिवडा कवियत्री आइडल घोषित् भएकी छन् । ‘स्वाभिमान’ शीर्षकमा विद्यालयले आयोजना गरेको अन्तर कक्षा कविता प्रतियोगिताकी दिया अन्य ५९ प्रतिस्पर्धीहरूलाई उछिन्दै कवियत्री आइडल घोषित् भएकी हुन् ।

ग्रामथान गाउँपालिका-२ झोराहाटमा अवस्थित स्कुलले बिहीबार आयोजना गरेको अन्तिम चरणको प्रतियोगितामा शीर्ष १० जनामध्येबाट ११४ अंक पाउँदै दिया सर्वोत्कृष्ट बन्दै प्रथम बन्दा ११३ अंकका साथ कृति विश्वास दोस्रो बनिन् । यसैगरी, १११ अंक ल्याएकी यशोदा अधिकारीले तेस्रो स्थान हासिल गरिन् । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका यी तीनै छात्रा जनकको कक्षा १० मा अध्ययनरत छन् ।

Advertisement

कक्षा ५ देखि १० सम्मका ६० जना विद्यार्थीहरूले भाग लिएको प्रतियोगिताको फाइनलमा वरिष्ठ साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’ तथा शिक्षिकाद्वय निर्मला भण्डारी र हिमा कार्कीले निर्णायकको भूमिका बहन गरेका थिए । कार्यक्रममा कवि बर्बरिकले आमा र कैली गाई शीर्षकको कविता वाचन गरेर मन्त्रमुग्ध बनाएका थिए भने प्रतियोगी कविहरूले पनि कविता प्रस्तुत गरेका थिए ।

प्रतियोगिताको विजेता बनेर जनक कवियत्री आइडल बन्न सफल दियालाई कार्यक्रममा उपस्थित रहेका जय मिडिया म्यानेजमेन्टका जय रोयले पुरस्कारस्वरूप नगद रु पाँच सय रुपैयाँ प्रदान गरेका थिए । विद्यालयले भने विजेता कविहरूलाई चाँडै नै अर्को कार्यक्रमको आयोजना गरी पुरस्कृत गर्ने जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै मुख्य निर्णायक बर्बरिकले जनकका विद्यार्थीहरूले सशक्त कविता वाचन गरेर मन्त्रमुग्ध बनाएको बताए । यस्ता कार्यक्रमबाट विद्यार्थीभित्र लुकेको प्रतिभा प्रष्फुटन हुनेमा कुनै दुईमत नरहेको उनको भनाइ छ ।

यसैगरी, स्कुलका प्रिन्सिपल तथा कार्यक्रमका सभापति सुनीलकुमार भगतले जनकका विद्यार्थीहरूले पठनपाठनसँगै खेलकुदमा मात्र नभएर साहित्य विधामा पनि आफूहरू उत्कृष्ट सावित गरेको बताए । यी र यस्ता कार्यक्रमहरूले नै जनक विद्यालय ग्रामथानमा उत्कृष्ट कहलिएको भनाइ प्रिन्सिपल भगतको छ ।

कार्यक्रममा विद्यालयका लेखा प्रमुख आलोक अधिकारी, व्यवस्थापक सुखाराम माझी, कोअर्डिनेटर ज्योतिप्रसाद धिताल, भाइस प्रिन्सिपल समुन्द्र पराजुली, सञ्चालक सदस्यहरू सुरेन्द्र भगत, यमन सरदार र शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने शिक्षक धीरेन्द्रकुमार खवासले गरेका थिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

सोमबार २९ असार, २०८३
२ घण्टाअघि

कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी

सोमबार २९ असार, २०८३
२ घण्टाअघि

गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने

सोमबार २९ असार, २०८३
३ घण्टाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
५ घण्टाअघि

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन

सोमबार २९ असार, २०८३
७ घण्टाअघि

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
७ घण्टाअघि
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु
सोमबार २९ असार, २०८३
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०