वायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ असोज, २०८२
८ महिनाअघि

एजेन्सी । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं नियमित उडान सञ्चालन गरेको हो ।

निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भए पनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो ।

ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी विभिन्न क्षेत्रका व्यक्ति तथा केही सङ्ख्याका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेको अवस्थामा उडान रद्द भएको थियो ।

विमानस्थल पुगेका यात्रुलाई निगमले व्यवस्थापन गरेको थियो ।

निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार काठमाडौंबाट शनिबार दिउँसो ग्वाञ्जाओ उडेको विमान ग्वाञ्जाओबाट एक सय सात यात्रु लिएर आइतबार काठमाडौं फर्किएको छ ।

पूर्वनिर्धारित तालिकाबमोजिम नै ग्वाञ्जाओमा नियमित उडान हुनेछ ।

निगमले हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ ।

पहिलो उडान असोज १२ गते हुने र त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते हुने उडान पनि तय भएको छ ।

त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ ।

काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ ।

काठमाडौं–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित उडान भर्दै आएको छ ।

नेपालीहरूको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ ।

निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ ।

हाल नेपाल वायुसेवा निगमसँग रहेका दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुवई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ ।

प्रकाशित समय: आईतबार १२ असोज, २०८२, ०८:१५:०८
विश्व वातावरण दिवसमा बर्जुमा वृक्षारोपण कार्यक्रम सम्पन्न
शुक्रबार २२ जेठ, २०८३
साना दल
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
शुक्रबार २२ जेठ, २०८३
चिनियाँ राष्ट्रपति उत्तर कोरिया भ्रमणमा जाँदै
शुक्रबार २२ जेठ, २०८३
दुहबी नगरपालिकाद्वारा १२९ घरपरिवारलाई सुधारिएको चुलो वितरण
शुक्रबार २२ जेठ, २०८३
प्रधानमन्त्री शाहको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
शुक्रबार २२ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी जेल चलान
बिहिबार २१ जेठ, २०८३
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
बिहिबार २१ जेठ, २०८३
रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री भारत जाने
बिहिबार २१ जेठ, २०८३
बैंक कर्जा दुरुपयोग आरोपमा जानकी मेडिकल कलेजका प्रमुख पाण्डे पक्राउ
बिहिबार २१ जेठ, २०८३
‘जातीय विभेदको अन्त्य सरकारको मात्र होइन सबै नेपालीको साझा दायित्व हो’
बिहिबार २१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०