यस्तो छ मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा सतर्कता

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ९ असोज, २०८२
११ महिनाअघि

विराटनगर । मोरङमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा सतर्कता बढाएको छ । बडादसैँ सुरु भएसँगै प्रहरीले उच्च सुरक्षा सुरक्षा सतर्कता अपनाएको हो ।

मोरङ प्रहरी प्रमुखको कार्यभार सम्हालेका एसपी (प्रहरी उपरीक्षक) कवित कटवालले भने, ‘शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानजस्ता नियमित कामका साथै चाडपर्वलाई लक्षित गरेर विशेष हिसाबको सुरक्षा व्यवस्था मिलाइएको छ ।’

प्रहरी नागरिकको सेवामा प्रतिबद्ध रहेको सन्देश दिन मोरङमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएको उनले बताए ।

‘नागरिकको सेवामा प्रतिबद्ध छौं । सुरक्षित मोरङ बनाउन संवेदनशील छौं । जुनसुकै खालका अपराधलाई नियन्त्रणमा लिन र अपराधमा संलग्नलाई कारबाही गर्न निर्मम हिसाबले काम गर्छौं,’ उनले भने ।

चाडपर्वका बेला अपराधिक घटना धेरै हुन सक्नेतर्फ सचेत हुँदै प्रहरीले त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाएको जानकारी कटवालले दिए ।

‘चाडपर्वमा अपराधिक घटना धेरै हुन सक्छन् । तर, सबैसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन निर्भीक हिसाबबाट प्रहरीले काम गर्छ,’ उनले भने ।

उनले नागरिकले अनुभूति गर्ने गरी सुरक्षा दिन प्रहरी तयार रहेको बताए ।

जेनजी आन्दोलनपछि सडकमा पर्याप्त मात्रामा प्रहरी दिन नसकिएको उल्लेख गर्दै कटवालले अब प्रहरी सक्रियता बढाइएको र प्रहरी नियमित कामकारबाहीमा फर्किसकेको बताए ।

चाडपर्वको सुरक्षाका लागि मोरङमा रहेकासँगै थप सुरक्षाकर्मीसमेत मगाएर परिचालन गरिने उनको भनाइ छ ।

कुनै ठाउँमा अपराधिक घटना हुन लागेमा वा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गरिदिन एसपी कटवालले सबैमा आग्रह गरेका छन् ।

त्यस्तै, मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले कुनै पनि घटनालाई अतिरञ्जित बनाउने गरी गलत सूचना प्रवाह नगरिदिन पत्रकारहरुलाई आग्रह गरेकी छन् ।

‘पत्रकारले दिएको सूचनाले आमनागरिकले आफ्नो धारणा बनाउँछन् । त्यही भएर गलत सूचना दिएर घटनालाई तोडमोड एवम् अतिरञ्जित बनाउने काम गर्न हुँदैन । सम्बन्धित अधिकारीबाट प्रमाणित गराएर मात्रै प्रवाह गराउँदा समाजले पनि सही सूचना प्राप्त गर्छ,’ उनी भन्छिन् ।

प्रहरी प्रवक्ताको जिम्मेवारीमा भएको हिसाबले आफू पत्रकारलाई समयमै सत्य सूचना दिन तयार रहेको डीएसपी चुँडालको भनाइ छ ।

‘कुनै पनि सूचना प्रवाह गर्नुअघि ‘भेरिफाइ’ गरिदिनु होला । त्यसमा सहजीकरण गर्न हामी तयार छौं,’ पत्रकारलाई आग्रह गर्दै उनले भनिन् ।

प्रकाशित समय: बिहिबार ९ असोज, २०८२, २०:२७:३३

सम्बन्धित खबर

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
८ घण्टाअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
१८ घण्टाअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
१९ घण्टाअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ दिनअघि

भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम

मङ्गलबार ९ भदौ, २०८३
३ दिनअघि

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

मङ्गलबार ९ भदौ, २०८३
३ दिनअघि
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०