जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको सिंहदरबार जाली लगाएर छोपियो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ९ असोज, २०८२
१० महिनाअघि

काठमाडौं । गत भदौ २३ र २४ गते को जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको सिंहदरबार बुधबार जाली लगाएर छोपिएको छ ।

सरकार आफैँले मुख्य प्रशासनिक केन्द्रको विद्रुप लुकाउन र बचेको हिस्सा संरक्षण गर्न पनि जाली लगाएर छोपेको हो ।

Advertisement

झन्डै दुई दशकदेखि सरकारी भौतिक संरचना र सम्पत्तिको बिमा गरेर क्षतिको दायित्व बिमा कम्पनीमा सार्न सरोकारवालाबाट निरन्तर पहल हुँदा पनि बिमा नगरिँदा राज्यको अमूल्य सम्पत्ति खरानी नै भए ।

त्यस्तो बिमा गरेको भए अहिले सिंहदरबार जालीले नछोपी बिमा कम्पनीले क्षतिको मूल्याङ्कन गर्ने गरी अध्ययन अनुसन्धानका लागि खुला हुन्थ्यो ।

त्यसअघि २०७२ को विनाशकारी भूकम्पबाट भएको क्षतिको दायित्व पनि बिमा कम्पनीले बेहोर्ने थियो । बिमा नहुँदा सरकारको आफ्नै दायित्वमा भरखर पुनर्निर्माण सकिएको सिंहदरवार खरानी भएको अर्बौं रुपियाँको दायित्व पनि सरकारकै थाप्लामा परेको छ ।

त्यसको अधिकांशविपरीत निजी क्षेत्रको सम्पत्ति विनाशको क्षतिको भरण बिमा कम्पनीबाट हुँदै छ ।

हालसम्म निजी क्षेत्रमा ८० अर्बको क्षति भएकोमा झन्डै २३ अर्बको बिमा दाबी परेको छ ।

तथापि संयोग नै मान्नु पर्छ बुधबार नै सरकारले अबदेखि सरकारी संरचना र भौतिक सम्पत्तिको अनिवार्य बिमा गर्ने निर्णय सार्वजनिक भएको छ ।

असोज ५ को मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

अर्थमन्त्री रामेश्वर खनालले अघि सारेको सार्वजनिक खर्च कटौती योजनामा सरकारी संरचनाको बिमा गर्ने उल्लेख गरिएको हो ।

“सरकारी भौतिक संरचनाको बिमा गर्ने कार्य सुरुवात गर्ने,” सार्वजनिक खर्च कटौती योजनामा उल्लेख छ । सरकारले यसअघि ल्याएको राष्ट्रिय बिमा नीतिमा पनि सरकारी संरचनाको बिमा गर्ने विषय उल्लेख गरिएको थियो ।

नेपालमा हालै भएको ‘जेनजी आन्दोलन’ का कारण सरकारी संरचनामा ठुलो क्षति भएको छ ।

आन्दोलनबाट सिंहदरबार, प्रधानमन्त्री निवास र कार्यालय, राष्ट्रपति भवन, संसद् भवन, मन्त्री निवास, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतसहित, विभिन्न स्थानमा प्रहरी कार्यालय, विभिन्न विभाग, प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालय, नगरपालिका, वडा कार्यालयलगायतका सरकारी संरचना बिमाको दायराभित्र नभएकै कारण बिमा दाबीबाट वञ्चित हुने भएका छन् ।

यसका साथै देशव्यापी रूपमा झन्डै पाँच हजार सवारीसाधन जलेर नष्ट भएका छन् । ती साधनको पनि तेस्रो पक्ष बिमा मात्र गरिएको छ जसले क्षतिको रक्षा गर्दैन ।

क्षति भएका निजी क्षेत्र अन्तर्गतका पूर्वाधार बिमाबाट राहत पाइरहँदा जनताको सेवामा निःस्वार्थ लागिरहने सरकारी संरचना अरू असुरक्षित देखिएका छन् ।

यसले राज्य सञ्चालनको प्राथमिकता पुनर्विचार गर्नुपर्ने सन्देश पनि दिएको छ ।

सरकारले आफ्नै संरचनाको बिमा नगर्दा जनमानसमा बिमा बारेमा बुझाउन अप्ठ्यारो भएको कम्पनी तथा सरोकारवालाले बताउँदै आएका थिए ।

सरकारले आफ्नामातहतका संरचनाको बिमा नगर्दा १० वर्षअगाडि महाभूकम्पले क्षति गराएका संरचनाको व्ययभार सरकार आफैँले बेहोर्नु परेको थियो ।

अहिले पनि सरकारी संरचना ध्वस्त हुँदा अर्बौं रुपियाँको दायित्व सरकारकै टाउकोमा आएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग

सोमबार २९ असार, २०८३
५० minutes

नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

सोमबार २९ असार, २०८३
३ घण्टाअघि

कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी

सोमबार २९ असार, २०८३
३ घण्टाअघि

गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने

सोमबार २९ असार, २०८३
४ घण्टाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
७ घण्टाअघि

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन

सोमबार २९ असार, २०८३
८ घण्टाअघि
मिडिया हाउसअघि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
सोमबार २९ असार, २०८३
नारायणगढ–मुग्लिन सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह
सोमबार २९ असार, २०८३
कांग्रेसका सभापतिको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो गाडी
सोमबार २९ असार, २०८३
गणेश नेपालीको परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता, अनुसन्धान सुरु हुने
सोमबार २९ असार, २०८३
बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु
सोमबार २९ असार, २०८३
नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक माइग्रेसन
सोमबार २९ असार, २०८३
विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु
सोमबार २९ असार, २०८३
मोरङको केराबारीमा सुतिरहेकै अवस्थामा मृत भेटिइन् वृद्धा
सोमबार २९ असार, २०८३
देशका विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम
सोमबार २९ असार, २०८३
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०